२०८२, २२ असार आईतबार

अध्यागमनको ‘इमेज’ सुधार आवश्यक : गृहमन्त्री

अध्यागमनको ‘इमेज’ सुधार आवश्यक : गृहमन्त्री


काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार बिहान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्नुहुदै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधी भए कुनै हालतले स्वीकार्य हुने बताए ।
विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्र्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
‘अन्र्तराष्ट्रिय विमानस्थल देशको ऐना हो ।आउने मान्छेले नेपाल हेर्ने यही हो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।’ गृहमन्त्री लेखकले अध्यागमनका सोर्हादपूर्ण, सहिशुण,नरम र सेवामुखी हुन जरुरी रहेको बताए ।
सो क्रममा अध्यागमका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीहरुलाई समयक्रम अनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए । अध्यागमन अनुगमनमा गृहमन्त्री लेखकसंगै गृहसचिव गोकर्णमणि दुवाडी समेत विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : २०८१, ९ आश्विन बुधबार  ३ : ३५ बजे

हुम्लामा खुशीयाली ! प्रधानमन्त्री ओलीद्वारा हुम्लाको खार्पुनाथ पुल उद्घाटन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ चुवाखोला कर्णाली

आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ हुदैँ

काठमाडौं । आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ कार्यक्रम हुने

जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने

मुगु । मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर

मनै लोभ्याउने शैलुङ डाँडाआकर्षक पर्यटकीय स्थल फोटो फिचर

दोलखा । दोलखा र रामेछापको सिमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो

हरिशयनी एकादशी : बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड हेर्नुहोस् तस्वीर

काठमाडौं । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा