२०८३, २२ आश्विन शुक्रबार

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी


कोलम्बो । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दोस्रो चरणको मत गणनापछि उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिनेछन् । पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले विजयी हुन आवश्यक मत ल्याउन नसकेपछि पहिलो स्थानमा आएका दिसानायके र दोस्रो स्थानमा रहेका प्रेमदासाबाहेक अन्य उम्मेदवारहरू चुनावी दौडबाट बाहिरिएका थिए ।

चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारलाई मत दिएका मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गनेर विजेता निर्धारण गरिएको हो । श्रीलंकाको राष्ट्रपतीय चुनाव पहिलो पटक दोस्रो चरणको मतगणनामा पुगेको हो । श्रीलंकामा राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । चुनावमा मतदाताले प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ ।

पहिलो चरणको मतगणनामा वामपन्थी नेता दिसानायकेले ४२।३१ प्रतिशत मत प्राप्त गरेका थिए । दोस्रो स्थानमा रहेका प्रेमदासाले ३२।७६ प्रतिशत मत पाएका थिए । दोस्रो कार्यकालको राष्ट्रपति बन्ने दौडमा रहेका राष्ट्रपति रनिल विक्रमासिंघेले १७।२७ प्रतिशत मत मात्र पाए । चुनावमा ३८ जना उम्मेदवार थिए । श्रीलंकामा इतिहासकै खराब आर्थिक संकटपछि २०२२ मा देशव्यापी विरोध प्रदर्शन सुरू भएको थियो । जसका कारण देश छाडेर भागेका राष्ट्रपति गोटाबाया राजापाक्षले सिंगापुर पुगेर पदबाट राजीनामा दिएका थिए । त्यसयता शनिबार पहिलो चुनाव भएको हो । एजेन्सी

प्रकाशित मिति : २०८१, ७ आश्विन सोमबार  ६ : ०४ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १