२०८२, ९ माघ शुक्रबार

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको छ :अर्थमन्त्री

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको छ :अर्थमन्त्री


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतको केन्द्रीय अर्थशास्त्र विभागले नेपालमा उच्च योग्यता र दक्षता भएका जनशक्ति उत्पादन गर्नमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

शनिबार त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेपालको सबैभन्दा जेठो र विद्यार्थी संख्याका दृष्टिले विश्वकै ठूला मध्येको एक त्रिभुवन विश्वविद्यालय भएको बताएका हुन् ।

उनले भने, ‘नेपालको सबैभन्दा जेठो र विद्यार्थी संख्याका दृष्टिले विश्वकै ठूला मध्येको एक त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतको केन्द्रीय अर्थशास्त्र विभागले नेपालमा उच्च योग्यता र दक्षता भएका जनशक्ति उत्पादन गर्नमा महत्वपूर्ण योगदान पुर्याएको छ । यसका लागि म विश्वविद्यालय र विभागको भूमिकाप्रति सह्राना गर्न चाहन्छु ।’

यस्तै, उनले आजको दिनमा संसारले विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गरिरहेको बताए । उनले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वन विनाश, प्रदूषण, र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन जस्ता समस्याहरूले अर्थतन्त्रमा पनि गम्भीर समस्या ल्याएको बताए ।

उनले  भने, ‘आजको दिनमा संसारले विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वन विनाश, प्रदूषण, र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन जस्ता समस्याहरू केवल पर्यावरणीय चुनौतीहरू मात्र होइनन्; यी समस्याहरू हाम्रो अर्थतन्त्र, सुरक्षा, र सामाजिक स्थायित्वका लागि पनि गम्भीर खतराका विषय हुन् ।

विश्वभर जलवायु सम्बन्धी विपत्तिहरूको संख्या र तीव्रता दुवै बढिरहेको छ । बाढी, अनियमित वर्षा, हिमनदीहरूको पग्लिने क्रम र समुद्री सतहको वृद्धि अहिले हाम्रा लागि साझा चुनौती बनेका छन् । यी घटनाहरू एक–अर्काबाट अलग छैनन् र होइनन् पनि । यी त एक ठूलो प्रणालीगत समस्याको सङ्केत हुन्, जसलाई सुधार गर्न हामीले हाम्रो विकासको सोचाइमा परिवर्तन ल्याउनै पर्छ । कुनै पनि विकासको मोडेल जसले पर्यावरणीय पक्षलाई बेवास्ता गर्छ , त्यो न त पूर्ण हुनेछ, न त दिगो हुनेछ ।’

प्रकाशित मिति : २०८१, ५ आश्विन शनिबार  १ : ५३ बजे

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये

अधुरा सपना पूरा गर्ने अठोटसहित ठाकुर गैरे पुनः चुनावी मैदानमा

पाल्पा । पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार

ओलीको चुनावी कमाण्डर बने देवेन्द्र दाहाल, झापाबाट ‘फुल गियर’ चुनावी अभियान सुरु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको