२०८३, २ आश्विन शनिबार

कला, साहित्यले समाजलाई सभ्य बनाउँछ : उद्योग मन्त्री भण्डारी

कला, साहित्यले समाजलाई सभ्य बनाउँछ : उद्योग मन्त्री भण्डारी


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मौलिक कला संस्कृतिहरुले समाजलाई सभ्य बनाउने बताएका छन् । उपमा सञ्चार समूहले काठमाडौंमा आयोजना गरेको श्रष्ठा सम्मान कार्यक्रममा बोल्दै उनले कलाकारहरुका राम्रा श्रृजनाले समाजलाई सहि बाटोमा डोहोर्याउन मदत पुर्याएको बताएका हुन् ।

उनले भने, ‘कलाकारका श्रृजनाहरुलाई सबैले मन पराउँछन् । तपाईहरुका कयौं प्रतिभाहरु उच्च प्रशंसा गर्न लायक छन् । कला साहित्य हाम्रो पहिचान हो । तपाईंका श्रृजनाहरुले मनोरञ्जन प्रदान गर्नुका साथै समाजलाई सहि मार्गमा डोहोर्याउन मदत पुर्याएको छ । आम जनताको मन मस्तिस्कमा बस्ने श्रृजनाहरु ल्याउनुस् मेरो शुभकामना छ । तर कतिपय गीतहरु पारिवारिक माहोलमा सुन्न नसकिने खालका छन् । यसलाई निरुत्साहित गर्नुस् ।’

उपमा सञ्चार समूहले दुई दर्जन बढी कलाकारहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ । कलाकारको प्रतिभाहरुको उच्च कदर गर्दै एक समारोहका बिच सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८१, ४ आश्विन शुक्रबार  ८ : ५० बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै