२०८२, १६ असार सोमबार

आजको मौसम अपडेट : कोशी र बागमतीमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आजको मौसम अपडेट : कोशी र बागमतीमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसकारण देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंकानुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि शुक्रबार वर्षाको सम्भावना रहेको छ । ‘आज उल्लेखनीय वर्षाको सम्भावना छैन, भोलि शुक्रबार कोशी, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ’, उनले भने । आज काठमाडौँको अधिकतम तापक्रम ३१ डिग्रिसेल्सियस रहनेछ । उपत्यकामा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

मौसम बुलेटिनअनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणयता बदली र बाँकी भूभागमा आंशिकदेखि मुख्यता सफा रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भूू–भागका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यवर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८१, ३ आश्विन बिहीबार  ७ : २८ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको