२०८३, २१ आश्विन बिहीबार

आज चारवटा संसदीय समितिको बैठक बस्दै

आज चारवटा संसदीय समितिको बैठक बस्दै


काठमाडौं । संघीय संसद्अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज संसदीय सुनुवाइ समिति, शिक्षा, स्थास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।

बिहान ११ बजेका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको विभिन्न देशका प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ । त्यस्तै, शिक्षा, स्थास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाहीबारे छलफल हुनेछ । त्यस्तै मन्त्रालयका चुनौती र भावी कार्यदिशाबारे पनि छलफल गर्ने कार्यसूची छ ।

त्यसैगरी, आज प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आजै बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ ।

प्रकाशित मिति : २०८१, २७ भाद्र बिहीबार  ९ : १० बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक