२०८३, ३० आश्विन शनिबार

अमेरिकी राष्ट्रपति पुत्रले कर छलीका आरोप स्वीकारे

अमेरिकी राष्ट्रपति पुत्रले कर छलीका आरोप स्वीकारे


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हण्टर बाइडनले संघीय कर छलीका सबै नौं वटा आरोपमा दोष स्वीकार गरेका छन् । घटनाले संघीय अभियोजकहरूलाई चकित पारिदिएको छ । मुद्दा परीक्षणको तयारी भइरहेको छ ।
५४ वर्षीय हण्टर बाइडनले २०१६ देखि २०१९ सम्म १.४ मिलियन डलर कर नतिरेको आरोप लगाइएको थियो । उनले सुरुमा आरोपहरू स्वीकार गर्दै निर्दोष भएको बताउँदै आएका थिए ।

तीन महिना पहिले, हण्टर बाइडनलाई हतियार र मादक पदार्थ प्रयोगसँग सम्बन्धित आरोपहरूमा दोषी ठहराइएको थियो ।
जसका कारण उनी अमेरिकाको बहालवाला राष्ट्रपतिका पुत्रका रूपमा पहिलो पटक दोषी ठहरिएका थिए ।
लस एन्जलस अदालतमा बिहीबार अन्तिम समय उनी नैं वटा करछलीका आरोप स्वीकार गरेको बीबीसीले जनाएको छ ।
उनको मुद्दामा जूरी छनोटको प्रक्रिया सुरु हुन लागेको थियो । त्यसका लागि एकसय भन्दा बढी संभावित जूरी सदस्यहरूले प्यानल चयन प्रक्रिया सुरु गर्नको लागि जम्मा भएका थिए ।

बाइडनका वकिल अब्बे लोवेलले ‘व्यक्तिगत चासोको लागि’ परीक्षणबाट रोक्न चाहेको बताए । उनले यो घटना ‘ड्रगको लतका कारण’ पनि भएको बताए । जज मार्क स्कार्सीका अनुसार आरोप स्वीकार गरेपछि हण्टर बाइडनलाई १५ वर्षसम्मको जेल सजाय र पाँच लाखदेखि १० लाख डलरसम्म जरिवाना लाग्न सक्छ । अब फैसला १६ डिसेम्बरमा हुनेछ ।
राष्ट्रपति बाइडनले पहिला नै आफ्ना पुत्रलाई माफी दिने कार्यकारी शक्तिको उपयोग नगर्ने बताइसकेका थिए ।
साधारण कर अपराधको आरोपमा हण्टर बाइडनले अघिल्लो वर्ष डेलावेयरमा दोष स्वीकार गर्न सहमति जनाएका थिए ।

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार  ४ : ३९ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा