२०८३, २६ आश्विन मंगलबार

आज चारवटा संसदीय समितिको बैठक बस्दै

आज चारवटा संसदीय समितिको बैठक बस्दै


काठमाडौं । संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बेठक बस्न लागेको हो ।

अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा दफावार छलफल हुनेछ । यसका लागि बिहान ११ बजे बैठक बस्नेछ ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१, २० भाद्र बिहीबार  ७ : ३८ बजे

बजार अनुगमनमा ३ फर्मलाई जरिवाना, ३ वटालाई कागजातसहित हाजिर हुन निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका

अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो, कुन विदेशी मुद्राको दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी हुने

काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज वर्षा

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै 

काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय