२०८३, २३ बैशाख बिहीबार

आज नेपाली क्रिकेट टोलीले श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै

आज नेपाली क्रिकेट टोलीले श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा आज पहिलो अभ्यास खेल खेल्दै छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एक दिवसीय खेल अन्तर्गत पहिलो खेल आज हुँदैछ । यो खेल आज बिहान १०ः १५ बजेदेखि शुरु हुँदैछ ।

नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग–२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । नेपालले पहिलो खेल आज सेप्टेम्बर ३ मा, दोस्रो खेल सेप्टेम्बर ४ मा र तेस्रो खेल सेप्टेम्बर ६ मा खेल्ने भएको छ । श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ ।

जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् । यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।

प्रकाशित मिति : २०८१, १८ भाद्र मंगलबार  ७ : ४४ बजे

कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धारका लागि ट्राभल डकुमेन्ट तयार

काठमाडौं ।  थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका ६३ जना

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चारप्रणाली श्रीलङ्कामा

काठमाडौं । नेपालको प्रविधि कम्पनी टिङ टिङले श्रीलंकामा आफ्नो सेवा

एमाले अध्यक्षओलीद्वारा सुदूरपश्चिमका एमाले सांसदसँग छलफल

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका

आजको मौसम : पाँच प्रदेशमा वर्षा र चट्याङको चेतावनी

काठमाडौं । देशभर सक्रिय रहेको पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका