२०८३, २१ असार सोमबार

आज एमाले पोलिट्ब्युरो बैठक : यी विषयमा हुनेछ छलफल

आज एमाले पोलिट्ब्युरो बैठक : यी विषयमा हुनेछ छलफल


काठमाडौ । सत्तारूढ नेकपा एमालेको पोलिट्ब्युरो बैठक मंगलबारबाट सुरू हुँदैछ। दिउँसो १ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा पोलिट्ब्युरो बैठक बस्ने पार्टी कार्यालयले जनाएको छ ।

एमालेको पोलिट्ब्युरो बुधबारसम्म चल्नेछ। पोलिट्ब्युरोमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल हुने प्रचार विभाग जानकारी दिएका छन्। बैठकले बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र संगठन विस्तार अभियान समेटिएका छन्।

एमालेले बाँकी रहेका ११ वटा र एउटा विशेष जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिएको छ। त्यस्तै एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय यसअघिकै केन्द्रीय कमिटीले निर्णय गरिसकेको छ।

आजबाट सुरू हुने पोलिट्ब्युरोले २०८४ सम्मकै ठोस कार्ययोजना बनाउने एमालेले बताएको छ । त्यस्तै बैठकमा सरकारको एक महिने कामको समीक्षा, स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। एमालेमा ९० सदस्यीय पोलिट्ब्युरो छ।

प्रकाशित मिति : २०८१, १८ भाद्र मंगलबार  ७ : २३ बजे

‘संविधानसँग खेल्न खोजे प्रतिरोध हुन्छ’ : कांग्रेसको सरकारलाई कडा चेतावनी

काठमाडौं । संविधान संशोधनको बहानामा राज्यको आधारभूत संरचनामै हस्तक्षेप गर्न

कांग्रेसभित्र विद्रोही स्वर चर्कियो : चुनदेवीबाट संस्थापनलाई खुला चुनौती

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि अब खुला राजनीतिक चुनौतीमा

सय दिनमै सरकारमाथि एमालेको प्रहार : ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको आरोप

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको सय

प्रेस स्वतन्त्रतामाथि प्रश्न उठिरहेका बेला सञ्चारमन्त्रीको आश्वासन-‘चिन्तित नहुनुस्’

काठमाडौं । प्रेस स्वतन्त्रता खुम्च्याउने प्रयास भएको भन्दै पत्रकार समुदायबाट

बजेटमा बैतडी ‘हिट’, अन्य जिल्ला ‘कट’ ? आफ्नै मन्त्रालयको बजेटप्रति मन्त्री नै असन्तुष्ट

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा