२०८३, १३ आश्विन बुधबार

युक्रेनी राजधानी किएभ र खार्किभमा रुसको भिषण आक्रमण

युक्रेनी राजधानी किएभ र खार्किभमा रुसको भिषण आक्रमण


किएभ । रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विष्फोट भएका छन् र राजधानीका बासिन्दाहरूलाई बम आश्रय स्थलहरूमा पठाइएको छ ।

किएभका मेयर भिटाली क्लिट्स्कोले आपत्कालीन सेवाहरूलाई किएभको होलोसिभस्की जिल्लामा बोलाइएको बताए । उनका अनुसार शेभचेनकिभ्स्की जिल्लामा भग्नावशेषमा खसेर एक व्यक्ति घाइते भएका छन् । ‘हरेक कुराको जवाफ हुनेछ, दुश्मनले यो महसुस गर्नेछ’, आक्रमणपछि राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमकले टेलिग्राम पेजमा पोस्ट गरे । वायुसेनाका अनुसार रुसले किएभलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रक्षेपण र केही ड्रोनका साथ क्रुज मिसाइलका धेरै समूहहरू प्रहार गरेको थियो ।

किएभ सहरका सैन्य प्रशासनका प्रमुख सेरही पोपकोले युक्रेनको राजधानी र यसका उपनगरहरूमा प्रहार गरिएका १० भन्दा धेरै क्रुज मिसाइल, करिब १० ब्यालेस्टिक मिसाइल र एउटा ड्रोनलाई युक्रेनको हवाई सुरक्षाले नष्ट गरेको बताए ।
युक्रेनी सञ्चारमाध्यमका अनुसार युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा पनि विष्फोट भएका छन् । खार्किभ क्षेत्रका प्रमुख ओलेह सिनिहबोभले खार्किभको इन्ड्रस्ट्रियलनी जिल्लामा बिहानै आक्रमणको पुष्टि गर्दै आक्रमणबाट एउटा आवासीय भवन र अन्य धेरैमा आगो लागेको बताए ।

रुसको सेनाले करिब साढे दुई वर्षदेखि चलिरहेको युद्धको सबैभन्दा ठूलो युक्रेनी आक्रमणमा धेरै रुसी क्षेत्रलाई लक्षित गरी एक सय ५८ युक्रेनी ड्रोनहरूलाई रोकेको र नष्ट गरेको रिपोर्ट दिएको एक दिनपछि रुसबाट यो आक्रमण भएको हो । यो आक्रमण रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठको केही सातापछि भएको हो । मस्कोको सेनाले अहिलेसम्म युक्रेनी सेनालाई पछाडि धकेल्नका लागि सङ्घर्ष गरेको छ र क्रेमलिनले यसको जवाफ दिने वाचा गरेको छ । रासस/एपी

प्रकाशित मिति : २०८१, १७ भाद्र सोमबार  ३ : २६ बजे

मलेसिया रोजगारीमा ‘२७५’ को पेच, व्यवसायी दुई कित्तामा–सरकारको कदममै प्रश्न

काठमाडौं ।  मलेसिया रोजगारीमा नेपाली म्यानपावर कम्पनीको सहभागितालाई लिएर विवाद

भोटेकोशी बाढीको क्षति : १,४५४ शव भेटिए, हजारौँ अझै बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजीका क्रममा हालसम्म

गल्फ र जुडोमा आज उत्रिँदै नेपाल, कनोइङमा दुई खेलाडी सेमिफाइनलमा

काठमाडौं । बीसौँ एसियाली खेलकुदमा नेपालका खेलाडीले आज गल्फ र

प्रतिनिधिसभाको बैठक बस्दै, पाँच विधेयक कार्यसूचीमा

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले