२०८२, १७ कार्तिक आईतबार

प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’

प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’


काठमाडौं । प्रधानमन्त्री निवास, बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा  आइतबारदेखि उक्त पुस्तकालय सञ्चालनमा आएको हो ।

‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आव्हान गरेकी थिइन् । आव्हानबमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ ।

प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भए पनि हालसम्म पुस्तक सङ्कलन तथा प्रयोग भएको थिएन । पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिँदै पहिला पहिला ज्ञानको बैँकका रुपमा रहेको पुस्तक रहने भएकाले उल्लेख गरे ।

पुस्तकालयलाई औपचारिक रुपमा थालनी गर्ने तत्कालीन राजा गृवाणयुद्धविक्रम शाहको स्मरण गर्दै उनले पुस्तकालयलाई गहन पुस्तकालय बनाउन पहल प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०८१, १७ भाद्र सोमबार  ७ : ४६ बजे

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा