२०८३, ८ आश्विन शुक्रबार

बाग्लुङले जित्यो कृषि तीज गीत प्रतियोगिताको उपाधि

बाग्लुङले जित्यो कृषि तीज गीत प्रतियोगिताको उपाधि


पोखरा । गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ ।

पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो । पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दी गाउँपालिका वडा नम्बर–७ तृतीय भएका छन् ।

द्वितीय हुने म्याग्दीको प्रगति सफल कृषक समूहले २० हजार र तृतीय हुने तनहुँको बेदकालिका कृषक समूहले १० हजारसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा लमजुङको मेन्दो कृषक समूह राईनास नगरपालिका वडा नम्बर–३ र पर्वतको विहादी आईपिएम कृषक समूह विहादी गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरे । सान्त्वना स्थान प्राप्त गर्ने दुबै समूहले ५÷५ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

बिजेताहरुलाई नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य माया तिम्सिना, कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मी, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु, समाचार प्रमुख तथा कार्यक्रम संयोजक घनश्याम पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए ।

जिल्ला जिल्लाबाट छनौट गरेर ग्राण्ड फिनालेका लागि कृषक समूहहरुलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रको समन्वयमा पोखरा बोलाइएको थियो । प्रतियोगिताको ग्राण्ड फिनाले शनिबार गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले उदघाटन गरेका थिए ।

प्रतियोगिताको प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश रहेका थिए भने सहकार्यमा प्रधानमन्त्री कृषि अनुनिकिकरण परियोजना खुमलटार, मुक्तिनाथ कृषि कम्पनी, राष्ट्रिय बाणिज्य वैक, कृषि विकास वैक, मुक्तिनाथ विकास वैक, आर्थिक विकास महाशाखा, लीवर्ड पोखरा, कृषि गरिमा एग्रो प्रालि, कारितास नेपाल र गण्डकी प्रदेशका विभिन्न नगर तथा गाउँपालिकाको सहयोग रहेको थियो ।

प्रतियोगितामा निर्णयकमा संगितकार नवराज बराल, कलाकार शान्ति डोटेल, कृष्ण अकेली कृषि प्रसार अधिकृत विनोद शर्मा रहेका थिए ।

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  ३ : १४ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई