२०८२, २ कार्तिक शनिबार

कलाकारहरुले एकै पटक, एउटै चालमा सयौं बाजा बजाए

कलाकारहरुले एकै पटक, एउटै चालमा सयौं बाजा बजाए


काठमाडौं । केन्द्रीय मानन्धर संघले काठमाडौंको बसन्तपुरमा बृहत् धाः बाजा प्रदर्शनी ११४४ सम्पन्न गरेको छ ।

मौलिक बाजा संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले संघले केही वर्ष यतादेखि काठमाडौं महानगरपालिकासँग सहकार्य गरी युवा पुस्तामार्फत बाजा प्रदर्शनी गर्दै आएको छ । मरु गणेशस्थानको पछाडि अवस्थित माजु देगःको खुड्किलामा उभिएर सयौं कलाकारहरुले एकै पटक, एउटै चालमा सयौं बाजा बजाएको हो ।

‘मानन्धर समुदायको सघन बसोबास रहेका विभिन्न टोल मध्ये काठमाडौंका ८ वटा टोलबाट बाजा प्रदर्शनीमा सहभागी थिए,’ कार्यक्रम संयोजक सन्देश मानन्धरले बताए ।

कार्यक्रममा लाय्कूसाः मानन्धर समाज, भिंद्यः गुथि कालिमाटी, चस्वांद्व मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुथि, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदी मानन्धर संघ, मानन्धर सनाःगू खलः न्हूसाः तथा पाक्व पुखूद्यां सनाः खलःबाट आठआठ जना कलाकार सहभागी गराएको प्रदर्शनीमा १५ जना व्यावसायिक म्यूजिकल अर्केस्ट्राका कलाकारले साथ दिएको उनले जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी डेपुटी मेयर सुनिता डंगोलले मानन्धर समाजले बाजा संरक्षणमा दिंदै आएको योगदानलाई प्रशंसा गरिन् ।

फरक प्रसङ्गमा डंगोलले सामाजिक र सांस्कृतिक परम्परालाई निरन्तरता दिंदै आएका खलः, पुचः र गुठीको लागि चालू आवमा महानगरले यथोचित बजेट विनियोजन गर्न नसकेको स्वीकार गरिन् ।

मेयर बालेन शाहप्रति इँगित गर्दै डेपुटी मेयर डंगोलले महानगरबासीकै करको योगदानबाट निर्माण भएको बजेटमा थुप्रै संघसंस्थाको अधिकार विमुख भएको बताइन् । हुन पनि आव २०८१–८२ को बजेटमा केन्द्रीय मानन्धर संघ, उदाय समाज, बज्राचार्य समाज, सिस्य समाज लगायतका थुप्रै सामुदायिक संस्थाको कार्यक्रम शिर्षक कटौति भएको छ । गत वर्ष विनियोजित बजेटलाई चालू आवमा निरन्तरता दिने सवालमा मेयर शाह र कार्यपालिकाका अन्य सदस्यहरुबीच असमझदारी सिर्जना भएको बताइएको छ ।

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  १ : ३४ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी