२०८२, २५ बैशाख बिहीबार

प्रचण्डलाई ओलीको प्रश्न मैले १७ हजार मानिस मारेको हो र ?

प्रचण्डलाई ओलीको प्रश्न मैले १७ हजार मानिस मारेको हो र ?


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ ।

क्याप्टेन रामेश्वर थापाको पुस्तक इन टु द फायरु विमोचन समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल पनि बंगलादेश र श्रीलंका जस्तै बन्छ भनेर प्रचण्डले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभयो ।

आफूले १७ हजार मानिस नमारेको भन्दै उहाँले प्रचण्डले बंगलादेशबाट सिक भन्दैमा खुट्टा नकमाउने बताउनुभयो ।
हेलिकोप्टरबाट खसेर त आफू बाँच्न सफल भएको भन्दै प्रधानमन्त्री ओलीले आफू नडराउने बताउनुभयो । उहाँले भन्नुभयो हिजोतिर हो कि प्रचण्डजीले बंगलादेश र श्रीलंकाबाट सिक भन्दै हुनुहुन्थ्यो, मैले १७ हजार मान्छे मार्‍या छु र खुट्टा कमाउने ? मैले लुटपाट गर्‍या छ र खुट्टा कमाउने ?

चर्को स्वरमा बोल्ने प्रचण्ड आफैंले बंगलादेश र श्रीलंकाबाट सिक्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ( ुराम्ररी सिक म भन्न चाहान्छु ।ु बेथिती नफैल्याउन उहाँले प्रचण्डलाई चेतावनी दिनुभयो । नेपालको आफ्नै पहिचान र संस्कृति रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताउनुभयो । उहाँले भन्नुभयो ुबंगलादेशमा जे भयो नेपालमा त्यही हुँदैन, नेपाल कुनै देशको फोटोकपी मेसिन होइन, नेपालको आफ्नै संस्कृति र पहिचान छ, संविधान छ, प्रणाली छ ।

आफूहरुले लडेर प्रजातन्त्र ल्याएको भन्दै प्रधानमन्त्री ओलीले यसमाथि धावा नबोल्न चेतावनी दिनुभयो । हिजो प्रणालीका विरुद्ध लड्नेहरुले आज अफवाह फैल्याउन खोजेका उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो डेमोक्रेसी विरुद्ध जो लड्यो उसैका कुरा ठूला ?

माओवादी जनयुद्ध हिंसा हो भनेर आफूले विरोध गरेको स्मरण गर्दै उहाँले वार्ताबाट समाधान खोज्न माओवादीलाई आग्रह गरेको सुनाउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो जनयुद्धको नाममा हिंसा फैलाइरहेका बेला मान्छे मारिरहेका बेला मैले चर्को विरोध गरेँ, यो बेठिक हो भनेर मैले लगातार भनिरहेको थियो । नेपालमा त्यस प्रकारको हिंसा अब सम्भव नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

घृणाको राजनीति नगर्न र अजाकता नफैल्याउन पनि उहाँले आग्रह गर्नुभयो ।अहिलेको सरकारले अन्यायपूर्ण ढंगले कुनै काम नगर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले आफूहरुले सभ्य र विकसित समाज निर्माण गर्न चाहेको बताउनुभयो । असभ्य गतिविधि नगर्न र अरुको हितको पनि ख्याल गर्न उहाँले सबैलाई सुझाव दिनुभयो । राजनीतिलाई घृणा गर्ने कुरा, राज्य व्यवस्थालाई घृणा गर्ने कुरा सामाजिक अपराधिक कार्यमात्रै भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

जानीजानी कुनै गल्ती नगरेकाले आफू ढुक्क रहेको उहाँले बताउनुभयो । देशको अर्थतन्त्र दबाबमा रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई माथि उकासिने बताउनुभयो । एमाले र कांग्रेसको सरकार बन्नुअघि क्याप्टेन रामेश्वर थापाको घरमा ७ बुँदे सहमति भएको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो ( ुयसपटक पनि शेरबहादुर जी र मलाई देशमा साह्रै अस्थिरता भो, देश अगाडि बढ्न सकेन, देशलाई स्थिरतातिर लैजाऊँ भन्ने सरसल्लाह गरेर ७ बुँदे निष्कर्षमा त्यही सही गर्‍या हो, उहाँ क्याप्टेन रामेश्वरकै निवासमा, ती चिजहरूमा उहाँले सकारात्मक दृष्टिकोण राख्नुभएको हो ।

प्रकाशित मिति : २०८१, १५ भाद्र शनिबार  ४ : ५५ बजे

लागू औषध सहित दुई युवक पक्राउ

सिरहा । भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक आज

आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै

काठमाडौं । दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख

स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको