२०८३, १० भाद्र बिहीबार

प्रचण्डलाई ओलीको प्रश्न मैले १७ हजार मानिस मारेको हो र ?

प्रचण्डलाई ओलीको प्रश्न मैले १७ हजार मानिस मारेको हो र ?


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ ।

क्याप्टेन रामेश्वर थापाको पुस्तक इन टु द फायरु विमोचन समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल पनि बंगलादेश र श्रीलंका जस्तै बन्छ भनेर प्रचण्डले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभयो ।

आफूले १७ हजार मानिस नमारेको भन्दै उहाँले प्रचण्डले बंगलादेशबाट सिक भन्दैमा खुट्टा नकमाउने बताउनुभयो ।
हेलिकोप्टरबाट खसेर त आफू बाँच्न सफल भएको भन्दै प्रधानमन्त्री ओलीले आफू नडराउने बताउनुभयो । उहाँले भन्नुभयो हिजोतिर हो कि प्रचण्डजीले बंगलादेश र श्रीलंकाबाट सिक भन्दै हुनुहुन्थ्यो, मैले १७ हजार मान्छे मार्‍या छु र खुट्टा कमाउने ? मैले लुटपाट गर्‍या छ र खुट्टा कमाउने ?

चर्को स्वरमा बोल्ने प्रचण्ड आफैंले बंगलादेश र श्रीलंकाबाट सिक्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ( ुराम्ररी सिक म भन्न चाहान्छु ।ु बेथिती नफैल्याउन उहाँले प्रचण्डलाई चेतावनी दिनुभयो । नेपालको आफ्नै पहिचान र संस्कृति रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताउनुभयो । उहाँले भन्नुभयो ुबंगलादेशमा जे भयो नेपालमा त्यही हुँदैन, नेपाल कुनै देशको फोटोकपी मेसिन होइन, नेपालको आफ्नै संस्कृति र पहिचान छ, संविधान छ, प्रणाली छ ।

आफूहरुले लडेर प्रजातन्त्र ल्याएको भन्दै प्रधानमन्त्री ओलीले यसमाथि धावा नबोल्न चेतावनी दिनुभयो । हिजो प्रणालीका विरुद्ध लड्नेहरुले आज अफवाह फैल्याउन खोजेका उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो डेमोक्रेसी विरुद्ध जो लड्यो उसैका कुरा ठूला ?

माओवादी जनयुद्ध हिंसा हो भनेर आफूले विरोध गरेको स्मरण गर्दै उहाँले वार्ताबाट समाधान खोज्न माओवादीलाई आग्रह गरेको सुनाउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो जनयुद्धको नाममा हिंसा फैलाइरहेका बेला मान्छे मारिरहेका बेला मैले चर्को विरोध गरेँ, यो बेठिक हो भनेर मैले लगातार भनिरहेको थियो । नेपालमा त्यस प्रकारको हिंसा अब सम्भव नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

घृणाको राजनीति नगर्न र अजाकता नफैल्याउन पनि उहाँले आग्रह गर्नुभयो ।अहिलेको सरकारले अन्यायपूर्ण ढंगले कुनै काम नगर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले आफूहरुले सभ्य र विकसित समाज निर्माण गर्न चाहेको बताउनुभयो । असभ्य गतिविधि नगर्न र अरुको हितको पनि ख्याल गर्न उहाँले सबैलाई सुझाव दिनुभयो । राजनीतिलाई घृणा गर्ने कुरा, राज्य व्यवस्थालाई घृणा गर्ने कुरा सामाजिक अपराधिक कार्यमात्रै भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

जानीजानी कुनै गल्ती नगरेकाले आफू ढुक्क रहेको उहाँले बताउनुभयो । देशको अर्थतन्त्र दबाबमा रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई माथि उकासिने बताउनुभयो । एमाले र कांग्रेसको सरकार बन्नुअघि क्याप्टेन रामेश्वर थापाको घरमा ७ बुँदे सहमति भएको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो ( ुयसपटक पनि शेरबहादुर जी र मलाई देशमा साह्रै अस्थिरता भो, देश अगाडि बढ्न सकेन, देशलाई स्थिरतातिर लैजाऊँ भन्ने सरसल्लाह गरेर ७ बुँदे निष्कर्षमा त्यही सही गर्‍या हो, उहाँ क्याप्टेन रामेश्वरकै निवासमा, ती चिजहरूमा उहाँले सकारात्मक दृष्टिकोण राख्नुभएको हो ।

प्रकाशित मिति : २०८१, १५ भाद्र शनिबार  ४ : ५५ बजे

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न महासचिव पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको

विपद् सामना गर्न सर्वदलीय १० बुँदे संकल्प, उच्चस्तरीय संयन्त्र गठन हुने

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको भीषण बाढीबाट

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि