२०८३, २४ भाद्र बिहीबार

भिडियो कल गरेलगत्तै महिला र पुरुषले गरे आत्महत्या

भिडियो कल गरेलगत्तै महिला र पुरुषले गरे आत्महत्या


झापा । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको तीन घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् ।

महिलाले भिडियो कल गरेर आत्महत्या गरेको पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन् ।

अर्जुनधार नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ की नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् ।

पुजा कोठामा सलको पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बिहान साढे ९ बजे ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

त्यसको केही समयपछि ढुङ्गेलले पनि घरमा छोरी र श्रीमती नभएको समयमा आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेको पाइएको छ ।

पाठकले वाट्सएपमा ढुङ्गेललाई भिडियो कल गरेर आत्महत्या गरेकी थिइन । प्रहरीले उनीहरुबीच बिवाहेत्तर सम्बन्ध रहेको आशंका गरेको छ । प्रहरीले दुवै शवलाई पोष्टमार्टमको लागि पठाएको जनाएको छ ।

प्रकाशित मिति : २०८१, १४ भाद्र शुक्रबार  ४ : १९ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको