२०८२, ४ बैशाख बिहीबार

मोरङमा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते, प्रहरीमा उजुरी

मोरङमा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते, प्रहरीमा उजुरी


मोरङ । जहदा गाउँपालिका-२ डंग्राहामझारे, ग्रामबाबा टोलका आठ वर्षीय बालक सत्यमकुमार साह शिक्षकको कुटपिटबाट घाइते हुनु भएको छ ।

जहदा गाउँपालिका(२ स्थित चन्द्रसूर्य वोर्डिङ स्कुलमा पढ्दै गरेका बालकलाई सोही विद्यालयका २६ वर्षीय शिक्षक राजन साहले भदौ १० गते लाठ्ठीले टाउकामा हिर्काएर घाइते बनाएको पीडित पक्षको आरोप छ ।

जहदा गाउँपालिका -२ हात्तीबन्द घर भएका शिक्षकले छोराको लाठ्ठीले हिर्काएर टाउको फुटाइ दिएको बालकका बाबु श्यामप्रित साहले बताउनु भयो । विद्यालयबाट ०८१ भदौ १० गते छोरो घर आउँदा टाउकोभरि रगत देखिएको र सोधपुछ गर्दा शिक्षक साहले लाठीले टाउकामा हिर्काएर टाउको फुटाइदिएको बताएपछि घटना सार्वजनिक भएको बाबु श्यामप्रित साहले बताउनु भयो ।

यसअघि पनि शिक्षक साहले विद्यार्थीलाई टाउकामा हिर्काउने, गोडा भाँचिदिएको बालकका बाबु श्यामप्रित साहले बताउनु भयो । घटनाका आरोपितविरूद्ध पीडित पक्षले भदौ १० गते प्रहरी चौकी, मझारेमा उजुरी दिएको छ ।

विद्यार्थी कुटपिट गरेको आरोपमा विद्यालयका शिक्षकलाई अभिभावकले आक्रमणको प्रयास गरेको भन्दै विद्यालयका प्रिन्सिपल सन्तोषकुमार साहले शिक्षकको ज्यानको सुरक्षाको माग गर्दै भदौ १० गते प्रहरी चौकी, मझारेमा उजुरी दिनु भएको छ ।

घाइते बालकको भदौ १० गते स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । दुवै पक्षबिच प्रहरीमा उजुरी परेपछि घटनाका विषयमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । नेपालको संविधानले धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरेको छ ।

सोही धाराको उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारिरीक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनि उल्लेख गरिएको छ ।

ईन्सेक अनलाईनबाट

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार  १० : २७ बजे

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

अब तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

काठमाडौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका