२०८३, २ असार बुधबार

अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा अलपत्र

अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा अलपत्र


काठमाडौं । अवैध रूपमा अमेरिका हिंडेका १७६ नेपाली ब्राजिलमा अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरी साओपाउलो विमानस्थलको ट्रान्जिटमा १७६ जना नेपाली अलपत्र अवस्थामा रहेको जनाएको हो ।

दूतावासले उनीहरू सकुशल रहेको र उनीहरूलाई सहायताका लागि तयारी भइरहेको पनि जनाइएको छ । ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएका समाचार केही दिनअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको थियो ।

दक्षिण अमेरिकाका ब्राजिललगायतका मुलुक हुँदै अवैध रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढिरहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । ‘संगठित रूपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरू यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कैयौंले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ’, दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

अवैध रुपमा विदेशी नागरिक तेस्रो मुलुक आउन थालेपछि ब्राजिल सरकारले आफ्नो देशको प्रवेशाज्ञा लिएकालाई मात्रै प्रवेश अनुमति दिने निर्णय पनि गरेको छ । ‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सीधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

दूतावासले मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने पनि स्पष्ट पारेको छ । साथै आवश्यक कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार  ९ : २६ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई