२०८३, १९ असार शनिबार

आज श्रीकृष्ण जन्माष्टमी : देशभर सार्वजनिक बिदा

आज श्रीकृष्ण जन्माष्टमी : देशभर सार्वजनिक बिदा


काठमाडौं । आज २०८१ साल भदौ १० गते सोमबार तदनुसार सन् २०२४ अगष्ट २६ तारिख । भद्र कृष्ण पक्षको सप्तमी तिथि । श्रीकृष्ण जन्माष्टमी व्रत । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तले प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदै छन् ।

श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन् । दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराई दिन्छन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैंचामुनी, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्रीकृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ ।

कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाँही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् ।

किन गरिन्छ श्रीकृष्णको पूजा ?
आजको दिनमा श्रीकृष्णको पूजा आराधना गर्नाले सन्तान प्राप्ति हुने, लामो आयु प्राप्त हुने र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ। यस पर्व मनाउनुले हरेकको मनोकामना पूरा हुने आस्था राखिन्छ । धर्म ग्रन्थअनुसार जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई अधिक लाभ मिल्छ ।

आजका दिनमा प्रेम र दाम्पत्य सुखका लागि राधा–कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने गर्ने गरिन्छ । श्रीकृष्णको पूजामा कालो रङ बर्जित छ । मन्दिरमा जान समेत कालो रंगको प्रयोग नगर्नु उचित देखिन्छ । श्रीकृष्णको पूजा आराधनाका लागि शृंगारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ ।

प्रकाशित मिति : २०८१, १० भाद्र सोमबार  ९ : ०५ बजे

दक्षिण कोरियाको ई-७ भिसा प्रक्रियाले गति लियो, सीपयुक्त नेपालीलाई रोजगारीको अवसर

काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसामार्फत सीपयुक्त नेपाली श्रमिक पठाउने

कर्णालीमा बेपत्ता गाडीको खोजी तीव्र, सोनार क्यामरा र गोताखोर परिचालन

काठमाडौं । दैलेखस्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक गाडी

आज पनि मनसुनी सक्रिय, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

ओभरटाइममा ब्रेक लगाउँदै आयल निगम, प्रशासनिक कर्मचारीको सुविधा कटौती

काठमाडौं । नेपाल आयल निगममा वर्षौंदेखि विवादको विषय बन्दै आएको

बालेन सरकारको सय दिन असफल, संविधानदेखि अर्थतन्त्रसम्म सरकार चुकेको एमालेको निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बालेन शाह नेतृत्वको