२०८२, २२ मंसिर सोमबार

दशैं अगाडिसम्म सबै दुग्ध र उखु किसानको वक्यौता भुक्तानी गरिने

दशैं अगाडिसम्म सबै दुग्ध र उखु किसानको वक्यौता भुक्तानी गरिने


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशैं अगाडिसम्म सबै दुग्ध किसानहरुको वक्यौताको भुक्तानी गर्ने भएको छ ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री रामनाथ अधिकारीले साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको भन्दै बाँकी रहेको एक अर्ब ३६ करोड रुपैयाँ दशैं अगाडिसम्म भुक्तानी गर्ने जानकारी दिएका हुन् ।
उनले भने,‘दुग्ध किसानले पाउनुपर्ने वक्यौताको उपलब्ध गराउन सुरु भएको छ । साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरी सकेको छ । बाँकी एक अर्ब ३६ करोड रुपैयाँ अब किसानको पैसा तिर्न बाँकी छ । त्यो रकम कम्तिमा भदौ महिनाभित्र नत्र दशैं अगाडिसम्म सबै किसानहरुले विगत ११ महिनादेखि बाँकी रहेको भुक्तानी गरिसक्ने विश्वास दिलाउन चाहन्छु ।’

किसानलाई भुक्तानी दिनका लागि अर्थ मन्त्रालयसँग ६० करोड रुपैयाँको पहल गरिएको पनि उनले जानकारी दिए ।
मन्त्री अधिकारीले उखु किसानहरुको भुक्तानी गर्न बाँकी रकम एक अर्ब ३० करोड पनि दशैं अगाडि नै उपलब्ध गराउने विश्वास दिलाए । रसायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनका साथै निजी क्षेत्रलाई पनि मल खरिद र विरतरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य सुरु गरेको उनको भनाई छ । उनले भने,‘उखु किसानहरुको बारेमा पनि मन्त्रालय जानकार छ । दशै अगाडि नै रकम उपलब्ध गराउनेगरी मन्त्रालयले गृहकार्य थालिसकेको छ । एक अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ । रसायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनका साथै निजी क्षेत्रलाई पनि मल खरिद र वितरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य सुरु गरेका छौं ।’

उनले सँधै उधारो दुध किसानबाट लिने ,नगदमा बेच्ने र किसानलाई पैसा नदिने समस्या रहेको भन्दै यसको दिर्घकालिन रुपमा समाधनका लागि पहल गरिरहेको उनल ेजानकारी दिए ।

प्रकाशित मिति : २०८१, ९ भाद्र आईतबार  ६ : ४२ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला