२०८३, ३० आश्विन शनिबार

शैलुङमा पहिरोले तीन घर बगायो : दुईको मृत्यु, केही बेपत्ता

शैलुङमा पहिरोले तीन घर बगायो : दुईको मृत्यु, केही बेपत्ता


रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेकखर्कमा पहरोले पुरिँदा दुई जनाको ज्यान गएको छ । आठ जना बेपत्ता भएका छन् ।

शनिबार रातिदेखि परेको अविरल वर्षापछि वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर पहिरो खसेको र तीन वटा घर बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले जानकारी दिए । ‘वडा नम्बर ३ र २ को सीमानामा पहिरो जाँदा ३ वटा घर बगेका छन् । केही घरहरूमा क्षति पुगेको छ । अहिलेसम्म दुईवटा शव निकालिएको जनाइएको छ । त्यसमा एक बालक छन् । आठ जनाको अवस्था अज्ञात छ ।

एक बालकले भागेर ज्यान जोगाएका रहेछन्, उनी पनि घाइते अवस्थामा छन्,’ महतोले भने । उनका अनुसार घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् । पहिरो गएको गाउँ जाने बाटो समेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको छ । पहिरोले वडा नम्बर २ र ३ जोड्ने ढाईगाउँ खोलाको पुल बगाएको छ । क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

प्रकाशित मिति : २०८१, ९ भाद्र आईतबार  ८ : ४४ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा