२०८२, १६ असार सोमबार

तनहुँमा ढिस्को खस्दा पृथ्वी राजमार्ग बन्द

तनहुँमा ढिस्को खस्दा पृथ्वी राजमार्ग बन्द


काठमाडौ । तनहुँको घाँसीकुवामा आज साँझ पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी सिडिओ जनार्दन गौतमका अनुसार घाँसीकुवामा करिब १५० मिटर माथिबाट ढिस्को खस्दा राजमार्ग बन्द भएको हो।

अहिले पनि फुसफुस पहिरो खसिराखेको छ, तत्काल पन्छाउन सकिने अवस्था छैन, उनले भने, भोलि बिहानबाट मात्र पहिरो पन्छाउने तयारी गरिएको छ। राजमार्गमा ठूलो पहिरो खसेकाले तत्काल खुलाउन सक्ने अवस्था नरहेको उनले बताए ।

पहिरो खसेसँगै पृथ्वी राजमार्गमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। पहिरो गएको ठाउँ नजिकैबाट सानो गाडी जाने वैकल्पिक मार्ग भए पनि ठूला गाडी उक्त बाटो गुड्न नसक्ने उनले बताए।

ठूला गाडीलाई तनहुँको डुम्रेबाट लमजुङको सुन्दरबजार, दुइपिप्ले हुँदै पोखरा जान लगाइएको छ। पोखराबाट छुट्ने गाडीलाई पनि सोही मार्ग प्रयोग गर्न आग्रह गरिएको सिडिओ गौतमले बताए ।

पृथ्वी राजमार्ग फराकिलो बनाउने ठेक्का पाएको चिनियाँ कम्पनीलाई भोलि बिहानैदेखि पहिरो पन्छाउन निर्देशन दिएको पनि उनले बताए ।

प्रकाशित मिति : २०८१, ५ भाद्र बुधबार  ९ : २१ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको