२०८३, २९ असार मंगलबार

प्रेस काउन्सिलले पत्र काटेपछि फरक नेपालले प्रकाशन गर्यो अधिकृत खड्काको खण्डन

प्रेस काउन्सिलले पत्र काटेपछि फरक नेपालले प्रकाशन गर्यो अधिकृत खड्काको खण्डन


काठमाडौ । प्रेस काउन्सिल नेपालले पत्र काटेपछि फरक नेपाल डटकमले जितपुरसिमरा उपमहानगरपालिकाका अधिकृत छैठौं बालाराम खड्काको खण्डन प्रकाशित गरेको छ ।

फरक नेपालमा प्रकाशित समाचारले आफ्नो चरित्र हत्या गरेको भन्दै खड्काले पत्रकार महेश्वर अधिकारीद्वारा संचालित फरक नेपाल डट कमविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिनुभएको थियो । खड्काको उजुरीपछि काउन्सिलले फरक नेपाल डटकमलाई पत्र काट्दै खण्डन प्रकाशन गर्न ताकेता गरेको थियो । काउन्सिलले फरक नेपाल डटकमलाई साउन १८, २१ र २५ गते गरि तीन पटकसम्म पत्र काटेको थियो । काउन्सिलको तेस्रो पत्रपछि फरक नेपालले भदौ २ गते अधिकृत खड्काको खण्डन प्रकाशन गरेको छ ।

फरक नेपालमा प्रकाशित समाचारका कारण मानसिक र नैतिक क्षति व्यहोर्नुपरेको भन्दै खड्काले साउन १३ गते प्रेस काउन्सिलमा उजुरी दिनुभएको थियो । उक्त उजुरीमाथि अनुगमन गरेको काउन्सिलले खण्डन प्रकाशन गर्न ताकेता गरेको हो ।खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ‘कुनै व्यक्तिप्रति अन्धभक्त हुनुमा दुई कारण हुन सक्छनः १। यौन सम्बन्ध २। आर्थिक सम्बन्ध’ भन्ने स्टाट्सलाई जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसंग जोड्दै फरक नेपाल डट कममा साउन ११ गते समाचार प्रकाशन भएको थियो । कसैको नाम उल्लेख नगरी लेखिएको स्टाटसलाई नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि चारित्रिक हमला गरिएको र साइबर क्राइम आकर्षित भएको भन्दै समाचार प्रकाशन गरिएको थियो ।
समाचार प्रकाशन भएपछि खड्काले आफ्नो उक्त स्टाट्समा कसैको नाम उल्लेख नभएको र कसैप्रति लक्षित नरहेको उल्लेख गर्दै खण्डनसहित उजुरी दिनुभएको थियो ।

प्रकाशित मिति : २०८१, ४ भाद्र मंगलबार  २ : ५१ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित