२०८२, १८ असार बुधबार

एक महिनामा साढे ८ अर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत 

एक महिनामा साढे ८ अर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत 


काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ । उद्योग विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो अर्थात् साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउनमा ९० वटा परियोजनाका लागि ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । साउनमा साना ५७ वटा उद्योग दर्ता भएका छन् भने २ वटा ठुला उद्योग छन् । सोही उद्योगका लागि सो बराबरको लगानी प्रतिवद्धता आएको हो ।

विभागका अनुसार सेयर पर्चेज एग्रिमेन्ट९एसपीए०, सेयर सब्सक्रिप्सन एग्रिमेन्ट ९एसएसए० र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट ९टीटीए० क्षेत्रका लागि १७ वटा परियोजनका लागि लगानी स्वीकृत भएको छ। सो परियोजनामा ३१ करोड २० लाख १२ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको हो । चालु आवको साउनमा मात्रै आएको वैदेशिक लगानी प्रतिवद्धता आएका उद्योगहरु संचालनमा आएपछि ३२३ जनाले रोजगार पाउने विभागले जनाएको छ ।

विभागका अनसार हालसम्म भने कुल ६ हजार ४९६ वटा परियोजना मार्फत ५ खर्ब २९ अर्ब १६ करोड २२ लाख ६७ हजार रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता भित्रिएको छ । वैदेशिक लगानी प्रतिवद्धता आएको उद्योग मार्फत ३ लाख ३४ हजार ६२४ जनाले रोजगार पाउने विभागले जनाएको छ ।

साउनमा आएको लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रका छन् । पर्यटन क्षेत्रका ४० वटा उद्योग दर्ता भएका हुन् । विभागका अनुसार सेवा क्षेत्रमा १२ वटा, उत्पादनमा ३ वटा, सूचना प्रविधिमा २ वटा, कृषिमा २ वटा उद्योग दर्ता भएका हुन् ।

चालु आवको साउनमा रोयल्टी मार्फत भने झन्डै ५० करोड रुपैयाँ बाहिरिएको छ । नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले साउनमा ४९ करोड ९४ लाख ५७ हजार रुपैयाँ रोयल्टी लगानी हुन् । यस्तै, लाभांश बापत पनि २० करोड ३० लाख रुपैयाँ बाहिरिएको छ ।

प्रकाशित मिति : २०८१, ४ भाद्र मंगलबार  २ : ३७ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर