२०८२, २० कार्तिक बुधबार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कति छ सम्पत्ति ?

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कति छ सम्पत्ति ?


काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति सार्वजनिक भएको छ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार रहेका ट्रम्पले चुनावी प्रयोजनका लागि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

ट्रम्पले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग गल्फ कोर्सदेखि रियल इस्टेटका सम्पत्तिहरू रहेको देखिएको छ । जसमा एक मिलियन भन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी र साढे २ लाख डलर मूल्यको सुन रहेको छ । ट्रम्पले दुई सय भन्दा बढी पृष्ठहरूमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

त्यस्तै, ट्रम्पसँग एक मिलियन डलर र पाँच मिलियन डलरको बीचको इथरियमको स्वामित्व छ । ट्रम्पको आफ्नै सोशल मिडिया प्लेटफर्म छ । यसलाई ट्रुथ सोसियल भनिन्छ, जुन गत मार्चमा सार्वजनिक भएको थियो । उनीसँग ११४ मिलियन भन्दा बढी शेयरहरू छन्, जसको प्रति शेयर मूल्य २३ डलर रहेको छ । अर्थात् हालको शेयर मूल्य दुई अर्ब डलरभन्दा बढी छ । यद्यपि, ट्रम्पले लकअप सम्झौताको कारण यी शेयरहरू बेच्न भने सक्दैनन् ।

त्यस्तै, ट्रम्पले ग्रीनवुड बाइबलको बिक्रीबाट ३ लाख डलर, लेटर्स टू ट्रम्प बेचेर ४.४ मिलियन डलर, ए मेगा जर्नी यात्राबाट ५ लाख डलर कमाएको उल्लेख छ । त्यस्तै, उनले द आर्ट अफ द डिलसहित धेरै पुस्तकहरूबाट रोयल्टीहरू प्राप्त गर्न जारी राखेका छन् ।

त्यस्तै, ट्रम्पको न्यू जर्सीमा बेडमिन्स्टर गल्फ कोर्सले ३७ मिलियन डलर कमाएको छ भने फ्लोरिडामा रहेको उनको जुपिटर गल्फ कोर्सले ३१ मिलियन कमाएको उल्लेख छ । स्कटल्याण्डमा रहेको उनको टर्नबेरी गल्फ कोर्सले ३३.५ मिलियन डलर कमाएको रिपोर्टमा उल्लेख छ । उनको फ्लोरिडामा प्रमुख रिसोर्ट मार–ए–लागोले ५६ मिलियन डलरभन्दा बढी कमाएको बताएका छन् ।

त्यसैगरी, ट्रम्पले स्क्रिन एक्टर्स गिल्डबाट वार्षिक ९० हजार डलर पेन्सन प्राप्त गर्दन् भने एमएफटी र आईएनटीबाट लाइसेन्स शुल्कमा ७।१५ मिलियन कमाएको उल्लेख छ । त्यस्तै, उनकी श्रीमती मेलानिया ट्रम्पले एनएफटी बेचेर ३ लाख ३० हजार डलर कमाएकी छन् । यसबाहेक ट्रम्पले दुबईबाट ३० लाख डलर र ओमानबाट २० लाख डलरसहित विश्वभर लगानी गरेको उल्लेख छ ।

त्यस्तै, ट्रम्पले आफ्नो विवरणमा ऋण रहेको समेत उल्लेख गरेका छन् । उनको जीन क्यारोललाई एक मिलियन देखि ५ मिलियन डलर र न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयमा ५० मिलियनभन्दा बढी ऋणी छन् । यी ऋणहरू कानुनी निर्णयहरू र व्यापार ठगी र यौन उत्पीडनका मुद्दाहरूसँग सम्बन्धित जारी अपीलहरूबाट उत्पन्न भएका ऋण रहेको उल्लेख छ ।

प्रकाशित मिति : २०८१, २ भाद्र आईतबार  १२ : ३३ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई