२०८३, २४ भाद्र बिहीबार

मन्त्री गुप्ताद्वारा फुलकवल प्रदेशद्वारको उद्दघाटन

मन्त्री गुप्ताद्वारा फुलकवल प्रदेशद्वारको उद्दघाटन


पर्सा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको बहुदरमाई नगरपालिका ७ मा निर्माण भएको प्रवेशद्वारको उद्दघाटन गर्नुभएको छ । नगरपालिकाले निर्माण गरेको प्रवेशद्वारको आज शुक्रबार एक कार्यक्रमका बीच उहाँले उदघाटन गर्नुभएको हो ।

मन्त्री गुप्ताले बहुदरमाई नगरपालिकामा निर्माण गरिएको यो प्रवेशद्वार बाहिरबाट आएका अगन्तुहरुलाई पहिचानको रूपमा रहेको टोलमा बसोबास गर्नुहुने स्थानीयलाई सहजता मिल्ने विश्वास लिनुभएको छ । प्रवेशद्वारको निर्माणले स्थानीयलाई सामाजिक तथा धार्मिक कार्यक्रम गर्न सहजता मिल्ने विश्वास लिने बताए ।

समाजमा बसीसकेपछि सामाजिक उत्तरदायित्वलाई पुरा गर्ने जिम्मेबारी बोध गर्नुपर्ने आवश्यकता आजको भएको भनाई उहाँको छ । मन्त्री गुप्ताले यो नगरपालिकामा भएका समस्याहरुसँग आफु चिरपरिचित रहेको र त्यस्ता समस्याको समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री गुप्ताले परोपकारी धर्मले नै मानव जीवन सार्थक बन्ने उल्लेख गर्नुभयो ।

प्रवेशद्वारको उचित प्रयोग गरी यसको संरक्षणमा समेत ध्यान दिनुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएको छ । यो नगरपालिकासँगै जिल्लाको विकासमा सरकारबाट समेत आवश्यक सहयोग मिल्ने प्रतिबद्धता उहाँको छ ।

प्रवेशद्वार उदघाटनको कार्यक्रममा नगरपालिकाबाट मन्त्री गुप्तासँगै सम्पूर्ण उपस्थित अथितिहरुलाई सम्मान गरिएको थियो । नगर प्रमुख सिंहासन साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष विश्वम्भर शर्मा , पूर्व अध्यक्ष प्रदीप जैसवाल , उपप्रमुख सुष्मा कुशवाहा , रुबी ठाकुर , नगरपालिकाका वडा अध्यक्षहरू लगायतले उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८१, ३२ श्रावण शुक्रबार  ७ : ४९ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको