२०८२, १६ माघ शुक्रबार

अमेरिकी उपविदेशमन्त्री रिचार्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

अमेरिकी उपविदेशमन्त्री रिचार्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । आज मात्र काठमाडौंमा ओर्लिएका अमेरिकी उपविदेशमन्त्री बर्माले सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँग बर्माले आर्थिक विकास, महिला सशक्तिकरण, उर्जा क्षेत्रमा सहकार्यका सम्भावना लगायतका विषयमा कुरा गरेका हुन् । त्यस क्रममा प्रधानमन्त्री ओलीले अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावका बारेमा चासो राखेका थिए । भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट्ने अमेरिकी दूतावासले जनाएको छ ।

एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अमेरिकाबाट भएको यो सबैभन्दा उच्चस्तरिय भ्रमण हो । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आएर फर्किएको चार दिनपछि अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौं आइपुगेका हुन् । नेपाल भ्रमण सकेर अमेरिकी उपविदेशमन्त्री बर्मा भोलि नै भारततर्फ लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : २०८१, ३२ श्रावण शुक्रबार  २ : २४ बजे

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको