२०८३, २० श्रावण बिहीबार

अमेरिकी उपविदेशमन्त्री रिचार्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

अमेरिकी उपविदेशमन्त्री रिचार्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । आज मात्र काठमाडौंमा ओर्लिएका अमेरिकी उपविदेशमन्त्री बर्माले सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँग बर्माले आर्थिक विकास, महिला सशक्तिकरण, उर्जा क्षेत्रमा सहकार्यका सम्भावना लगायतका विषयमा कुरा गरेका हुन् । त्यस क्रममा प्रधानमन्त्री ओलीले अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावका बारेमा चासो राखेका थिए । भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट्ने अमेरिकी दूतावासले जनाएको छ ।

एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अमेरिकाबाट भएको यो सबैभन्दा उच्चस्तरिय भ्रमण हो । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आएर फर्किएको चार दिनपछि अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौं आइपुगेका हुन् । नेपाल भ्रमण सकेर अमेरिकी उपविदेशमन्त्री बर्मा भोलि नै भारततर्फ लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : २०८१, ३२ श्रावण शुक्रबार  २ : २४ बजे

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार