२०८३, २६ असार शनिबार

बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ बनाउँदै राधिका शाक्य

बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ बनाउँदै राधिका शाक्य


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रहेको पुस्तकालयलाई नागरिक पुस्तकालय बनाइने भएको छ । त्यसको लागि प्रधानमन्त्री पत्नी राधिका शाक्यले पहलकदमी लिनुहुने भएको छ ।

बालुवाटारमा खाली रहेको पुस्तकालय कोठामा पिपुल्स लाइब्रेरी बनाउन लागिएका हो । अहिले खाली जस्तै रहेको सो पुस्तकालयमा पुस्तक राख्ने ६० वटा तख्ता रहेका र त्यसमा मिलाएर राख्दा १ हजार २ सयदेखि २ हजारसम्म पुस्तक अट्ने प्रधानमन्त्री केपी ओलीले जानकारी दिनुभएको छ ।

सो पुस्तकालयमा सबैले पढेर मन पराएका पुस्तक राख्ने राधिकाको योजना छ । लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक सो पुस्तकालयमा राखिने भएको छ । पुस्तकालयको व्यवस्थापनमा राधिका आफै खट्नु हुने भएको छ । त्यसको लागि उहाँले हप्तामा ६ दिन एकरएक घण्टाको समय छुट्याउनुहुने भएको छ ।

आफू किताब पढ्न र सङ्ग्रह गर्न रुचाउने व्यक्ति भएकोले घरमा पनि सकेसम्म पुस्तकहरूलाई व्यवस्थित रूपले संग्रहीत गरेर राखेको उहाँले बताउनुभएको छ । प्रधानमन्त्री कार्यालयमा पनि लाइब्रेरी रुम भनेर छुट्याएर राखेको देखपछि आफूलाई त्यहाँ पनि पुस्तकालय बनाउने इच्छा जागेको शाक्यले बताउनुभयो । ‘तपाईँहरूले बढी मेहनत गरेर लेखेका विभिन्न विषयमा आधारित किताबहरू यहाँ बस्ने जोसुकै प्रधानमन्त्रीज्यूहरूले पनि पढ्न सकियोस् भनेर यही भदौ १५ गते सेप्टेम्बर १ का दिन लाइब्रेरी दिवस परेको हुनाले यहाँ बालुवाटारमा पनि एउटा लाइब्रेरी स्थापना गर्न मन लागेको छ’, शाक्यले भन्नुभयो ।

उहाँले हस्ताक्षर गरेर पठाएका पुस्तकलाई सो लाइब्रेरीमा सुरक्षितसाथ सङ्गृहीत गरेर राख्ने विश्वास दिलाउनुभयो । ‘यसको रेखदेख म आफैँ गर्ने छु, कृपया तपाईँहरूको पुस्तकहरू ल्याइदिनुहुन अनुरोध गर्दछु’, शाक्यले भन्नुभयो ।

प्रकाशित मिति : २०८१, ३२ श्रावण शुक्रबार  २ : १७ बजे

बझाङ दुर्घटना अपडेट : तीन जनाको मृत्यु, पाँच घाइते, उद्धारमा हेलिकोप्टर

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार भएको

बझाङ जिप दुर्घटना : उद्धारका लागि हेलिकोप्टर तयारीमा, सांसद ऐन महरको पहल

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार दिउँसो

कर्णालीमा खसेको गाडीका चालक ९ दिनपछि मृत फेला

काठमाडौं । दैलेखको कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीका चालक

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा वीर अस्पतालमा निधन

काठमाडौं। काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५

कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा, विस्थापितलाई स्मृति भवनमा सारियो

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा