२०८२, ९ माघ शुक्रबार

उदयपुरको चौदण्डीगढीमा सर्पदंश उपचार सेवा संचालन गर्न एमालेको माग

उदयपुरको चौदण्डीगढीमा सर्पदंश उपचार सेवा संचालन गर्न एमालेको माग


उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उदयपुरले जिल्लाको चौदण्डीगढी नगरपालिकामा नेपाली सेनाको सर्पदंश उपचार सेवा पुनः विस्तार रक्षा मन्त्रालय समक्ष अनुरोध गरेको छ ।

एमाले उदयपुरका अध्यक्ष भागवत राउतको नेतृत्वमा रक्षा मन्त्री मानविर राईलाई भेट गरेर नेपाली सेना १८ नम्बर बाहिनी अड्डामा रहेको सर्पदश सेवालाई बेल्टार विस्तार गर्न माग गरेको हो । रक्षा मन्त्री राई समक्षा ज्ञापन पत्रबुझाउदै एमाले प्रतिनिधि मण्डलले क्षेत्रबाट सर्पदश उपचारको लागि नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्के या धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुयाउनु पर्ने बाध्यता भएकाले स्थानीय नगरबासीहरुको लागि बेल्टारमै अस्थायी उपचार केन्द्र संचालन गर्न भनिएको छ ।

पत्रमा विगतमा नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केबाट प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारमा अस्थायी सर्पदश सेवा केन्द्र स्थापना गरि सेवा प्रदान भएको थियो तर यस सेवा बन्द भएकोले पुनः यस सेवा सुचारु गर्नको लागि आवश्यक निणर्य लिन नेकपा एमाले उदयपुर जिल्ला पार्टी तथा यस प्रतिनिधिले अनुरोध गरेको छ । प्रतिनिधी मण्डलमा नेकपा एमाले उदयपुर जिल्ला ईन्चार्ज मञ्जु चौधरी, खोटाङ्ग जिल्ला ईन्चार्ज विशाल भट्टराई, उदयपुर क्षेत्र नं २ मा अम्बर रायमाझि, उदयपुर जिल्ला अध्यक्ष भागवत राउत, जिल्ला सचिव टेक ब राउत, जिल्ला सदस्य किशोर ताम्राकार, अम्बिका पासवान, वडा अध्यक्ष केशव अधिकारी, युवा संघ नेता अनुपमा राई, काजि थापा, दिपराजा बस्नेत रहनु भएको थियो ।

रक्षा मन्त्री राईले यस अघि संचालित सर्पदंश उपचार केन्द्र के कति कारणले बन्द भएकोह हो र नेपाली सेनासँग समन्वय गरेर पुनः उपचार केन्द्र सचालनमा ल्याउन पहल गरिने जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०८१, २९ श्रावण मंगलबार  ११ : १२ बजे

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये

अधुरा सपना पूरा गर्ने अठोटसहित ठाकुर गैरे पुनः चुनावी मैदानमा

पाल्पा । पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार

ओलीको चुनावी कमाण्डर बने देवेन्द्र दाहाल, झापाबाट ‘फुल गियर’ चुनावी अभियान सुरु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको