२०८३, २२ आश्विन शुक्रबार

उदयपुरको चौदण्डीगढीमा सर्पदंश उपचार सेवा संचालन गर्न एमालेको माग

उदयपुरको चौदण्डीगढीमा सर्पदंश उपचार सेवा संचालन गर्न एमालेको माग


उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उदयपुरले जिल्लाको चौदण्डीगढी नगरपालिकामा नेपाली सेनाको सर्पदंश उपचार सेवा पुनः विस्तार रक्षा मन्त्रालय समक्ष अनुरोध गरेको छ ।

एमाले उदयपुरका अध्यक्ष भागवत राउतको नेतृत्वमा रक्षा मन्त्री मानविर राईलाई भेट गरेर नेपाली सेना १८ नम्बर बाहिनी अड्डामा रहेको सर्पदश सेवालाई बेल्टार विस्तार गर्न माग गरेको हो । रक्षा मन्त्री राई समक्षा ज्ञापन पत्रबुझाउदै एमाले प्रतिनिधि मण्डलले क्षेत्रबाट सर्पदश उपचारको लागि नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्के या धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुयाउनु पर्ने बाध्यता भएकाले स्थानीय नगरबासीहरुको लागि बेल्टारमै अस्थायी उपचार केन्द्र संचालन गर्न भनिएको छ ।

पत्रमा विगतमा नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केबाट प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारमा अस्थायी सर्पदश सेवा केन्द्र स्थापना गरि सेवा प्रदान भएको थियो तर यस सेवा बन्द भएकोले पुनः यस सेवा सुचारु गर्नको लागि आवश्यक निणर्य लिन नेकपा एमाले उदयपुर जिल्ला पार्टी तथा यस प्रतिनिधिले अनुरोध गरेको छ । प्रतिनिधी मण्डलमा नेकपा एमाले उदयपुर जिल्ला ईन्चार्ज मञ्जु चौधरी, खोटाङ्ग जिल्ला ईन्चार्ज विशाल भट्टराई, उदयपुर क्षेत्र नं २ मा अम्बर रायमाझि, उदयपुर जिल्ला अध्यक्ष भागवत राउत, जिल्ला सचिव टेक ब राउत, जिल्ला सदस्य किशोर ताम्राकार, अम्बिका पासवान, वडा अध्यक्ष केशव अधिकारी, युवा संघ नेता अनुपमा राई, काजि थापा, दिपराजा बस्नेत रहनु भएको थियो ।

रक्षा मन्त्री राईले यस अघि संचालित सर्पदंश उपचार केन्द्र के कति कारणले बन्द भएकोह हो र नेपाली सेनासँग समन्वय गरेर पुनः उपचार केन्द्र सचालनमा ल्याउन पहल गरिने जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०८१, २९ श्रावण मंगलबार  ११ : १२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य