२०८२, ३१ असार मंगलबार

उद्योग मन्त्री भण्डारी द्वारा विसाखापटनम पोर्टको अवलोकन भ्रमण

उद्योग मन्त्री भण्डारी द्वारा विसाखापटनम पोर्टको अवलोकन भ्रमण


काठमाडौ । गत मंगलबारदेखि भारत भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विसाखापटनम पोर्टको अवलोकन भ्रमण गरेकाछन् । उनले पोर्टको पुर्वाधार तथा सेवाहरुको बिषयमा प्रत्यक्ष अवलोकन गरेर जानकारी लिएकाछन् ।

अवलोकनका क्रममा सामान लोड अनलोडको प्रक्रिया, सामानहरु सिपमा व्यवस्थापन गर्ने प्रक्रिया लगायतका बिषयमा जानकारी लिनुभएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । विसाखापटनमबाट बिरगन्ज सम्म रेलको दुरिका हिसाबले टाढा भएपनि पानिजहाजबाट ढुवानी गरिने हुदाँ सस्तो मै ढुवानी हुने पोर्ट नियमनकारी निकायको भनाई छ । मन्त्री भण्डारीले आयातनिर्यातका क्रममा लजेस्टीकमा बढी रकम खर्च भैरहेको बिषयमा ध्यानाकर्षण गराएकाछन् । त्यसको सहजीकरणका लागि आगामी दिनमा सरकारसंग समन्वय गरिने पोर्ट नियमनकारी निकायको भनाई छ ।


आयात निर्यातमा प्रक्रियागत सरलीकरण गर्न र ढुवानी लागत घटाउने बिषयमा छलफल केन्द्रीत रहेको मन्त्री भडारीको सचिवालयले जनाएको छ । तेस्रो मुलुकसँगको कारोबारका लागि नेपाललाई भारतले उपलब्ध गराएको बिसाखापटनम पोर्टको अवलोकन गरि पोर्टको नियमनकारी निकाय र सिपिङ कम्पनीहरुसंग अन्तरक्रिया आयोजना गरिएको हो ।

प्रकाशित मिति : २०८१, २५ श्रावण शुक्रबार  ९ : ३४ बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे