२०८२, ८ भाद्र सोमबार

मुख्यमन्त्री कार्कीको शुभकामना सन्देश : ‘हाम्रो देश सबैको साझा फूलबारी हो ‘

मुख्यमन्त्री कार्कीको शुभकामना सन्देश : ‘हाम्रो देश सबैको साझा फूलबारी हो ‘


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३०औँ विश्व आदिवासी दिवसका अवसरमा स्वदेश एवं विदेशमा रहनुभएका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै आजको दिनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण एवं अधिकार प्राप्तिको अभियानमा निरन्तर सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको छ।

‘हाम्रो देश सबैको साझा फूलबारी हो। नेपालमा आदिवासी जनजातिको ठूलो सङ्ख्या छ। त्यसमा पनि कोशी प्रदेश आदिवासी जनजातिको ठूलो जनसङ्ख्या भएको प्रदेश हो। कोशी प्रदेशमा आदिवासीको सदिऔँदेखिको बसोबास छ। आदिवासी जनजाति समुदायले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। प्रथम सहिद लखन थापादेखि अहिलेसम्म भएका परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिको योगदान स्मरणीय छ। आदिवासी जनजातिहरूको विभिन्न भाषा, संस्कृति, परम्परा र संस्कारले कोशी प्रदेशलाई समृद्ध बनाएको छ’, मुख्यमन्त्री कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

खुवालुङदेखि माङ्सेबुङलगायत पवित्रस्थल कोशी प्रदेशका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार प्रदेशमा रहेका सबै आदिवासी जनजातिको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण तथा विकास गर्दै उहाँहरूको पहिचानलाई थप परिस्कृत बनाउन लागिपरेको बताउनुभएको छ । आदिवासीका धार्मिक धरोहरको संरक्षण र सङ्ग्रहालयमार्फत समुदायको पहिचानलाई वर्षौँसम्म चिरस्थायी बनाउन सरकारले काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको हो। यो दिवसले आदिवासीलाई आफ्नो अधिकार स्थापित गर्दै विकास र समृद्धिमा जोड्न प्रेरणा दिने मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा भनिएको छ।

प्रकाशित मिति : २०८१, २५ श्रावण शुक्रबार  १ : ५१ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको