२०८२, १९ मंसिर शुक्रबार

सिन्धुलीमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिन्धुलीमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा बस्ने ३५ वर्षीय गणेश राय छन् ।

काठमाडौंंबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २–०२–०० १ च ०४८७ नम्बरको पिकअप भ्यानले विपरीत दिशामा रहेको प्रदेश २–०३–००६ प ३७५५ नम्बरको मोटरसाइकललाई आज बिहान पौने ६ बजे ठक्कर दिएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक राय र मोटरसाइकलको पछाडि सवार ३३ वर्षीय धिरेन्द्र ठाकुर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको थियो ।

चालक रायको उपचारको क्रममा मृत्यु भएको र ठाकुरको सोही अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर केशव कुमार कटुवालले जानकारी दिए ।

प्रकाशित मिति : २०८१, २५ श्रावण शुक्रबार  १ : ३६ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको