२०८३, २ जेष्ठ आईतबार

प्रजातन्त्र सेनानी र सहिद परिवारका लागि १० करोडको अक्षय कोष बनाऔं’

प्रजातन्त्र सेनानी र सहिद परिवारका लागि १० करोडको अक्षय कोष बनाऔं’


काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रजातन्त्र सेनानी र सहिद परिवारको लागि अभिलेख बनाउनुपर्ने बताएका छन् । 

कांग्रेस निकट प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र सेनानीहरुको अभिलेख पार्टी कार्यालयमा राख्नुपर्ने बताएका हुन् ।

उनले  भने, ‘हामीले १० करोडको अक्षय कोष बनाउने भनेर महासमिति बैठकमा कुरा गरेका छौं । केन्द्रिय समितिको  बैठकपछि गर्ने अभियान छ । अक्षय कोष जम्मा  दुईवटालाई मात्र दिने लक्ष्य हो । प्रजातन्त्र सेनानी परिवार र सहिद परिवारको लागि दुईवटा क्याटागोरीलाई समावेश गरेर यसको नियमावली बनाएर प्रजातन्त्र सेनानी र सहिद परिवारको सदस्यहरुलाई शिक्षा र स्वास्थ्यको व्यवस्था गर्ने छौं । ’

साथै उनले अरु व्यवस्था राज्यले गर्नुपर्ने बताए । उनले कांग्रेस पार्टीलाई जोगाउन आफूले ठुलो भूमिका खेलेको समेत उल्लेख गरेका छन् ।

उनले  भने, ‘नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस् । पार्टीको निर्णयहरूको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस्, बोल्न पाइयोस् । पार्टीले गर्ने निर्णयहरूको कारणले गर्दा तपाईँहरू कसैको शिर ननिहुरियोस् । कहाँ बसेर हामीले एउटा निर्णय गरेका हुन्छौं, त्यो निर्णय गलत भयो भने अथवा गलत व्यक्ति छानियो भनेदेखि गाउँमा बसेको एउटा कांग्रेसले अनावश्यक ढंगले त्यसको उत्तर दिँदै हिँड्नुपर्ने अवस्था आउँछ । कतिपय कुरा परिणाममा पुर्याउन नसकिएको होला । तर प्रयत्न गर्ने कुरा छोडेको छैन्, छोड्दैनौं ।’

महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता जनाए । पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताले भरोसा गर्ने ठाउँमा पु¥याउने उनको भनाइ थियो ।

पार्टीले गर्ने निर्णयहरूलाई शुद्ध र पवित्र राख्ने पनि बताए । पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरूले गम्भीरतापूर्वक लिएको थापाले बताए ।

प्रकाशित मिति : २०८१, २० श्रावण आईतबार  ८ : २० बजे

खेलकुद र नेतृत्वमा अखिल महासचिव अन्जना शिवाकोटीको नयाँ उचाइ, हासिल गरिन् ५औँ डान ब्ल्याक बेल्ट

काठमाडौं । आज ललितपुरस्थित त्रिभुवन आर्मी क्लब मा ग्रान्ड मास्टर

करोडौंको उपकरण थन्काएर बिरामीलाई निजीमा पठाइँदै ? प्रहरी अस्पतालमाथि गम्भीर प्रश्न

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा जडान गरिएको करोडौं रुपैयाँ मूल्यको

राजावादीकै कार्यक्रममा अपमानित कमल थापा, आक्रोशमा युवकको घाँटी समाते

काठमाडौं । राजसंस्थाको एजेन्डा बोकेर वर्षौंदेखि राजनीति गर्दै आएका कमल

मदन भण्डारी दूरदर्शी कम्युनिस्ट नेता थिए : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले जननेता मदन भण्डारी नेपालको

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए एआई च्याटबोट ‘ज्योया’

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका अन्तर्गतका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)