२०८२, २ आश्विन बिहीबार

विकासका लागि सबैभन्दा पहिले पूर्वाधार तयार हुनुपर्छः प्रधानमन्त्री ओली

विकासका लागि सबैभन्दा पहिले पूर्वाधार तयार हुनुपर्छः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएका चुनौती सबै कानूनी रुपमा समाधान गर्नुपर्ने बताएका छन् । आज भौतिक मन्त्रालयको वार्षिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उनले विकास गर्नको लागि सबैभन्दा पहिले पूर्वाधार तयार हुनुपर्ने बताएका हुन् । 

उनले भने, ‘हामीले विकास गर्नुछ भने पहिले पूर्वाधार तयार गर्नुपर्छ, कुनै काम गर्नु छ भने त्यस कामको पूर्वाधार तयार हुनैपर्छ,  पूर्वाधार नै तयार छैन भने काम अगाडि बढ्नै सक्दैन, आधार नै छैन,  पूर्वाधार भनेको हामीले विकास भन्दा अगाडि विकासका पूर्वाधार जस्तै क्याम्पस चलाउनुपर्छ भने सबैभन्दा पहिले पूर्वाधारका पक्षहरु भवन, शिक्षक तथा अन्य सबै पूर्वाधार तयार गर्नैपर्छ ।’ साथै  उनले आफ्नो उदेश्य के  हो त्यो  बुझेर  मात्र अगाडि बढ्नुपर्ने बताए । उनले उदेश्यलाई प्राप्त गर्ने नीतिहरु पहिल्याउन सकेमात्र योजनाका लक्ष्यसँग बाँडेर काम  गर्न  सकिने  बताए।

उनले  भने,  ‘पहिलो  हाम्रो उदेश्य के हो त्यो  बुझ्नुपर्छ, त्यसअन्र्तगत उदेश्यलाई  प्राप्त गर्ने नीतिहरुके हुन्? त्यही नीतिहरुको कार्यान्वयन व्यवहारमा कसरी कार्यान्वयन गर्छौं, कस्ता कार्यक्रम मार्फत ति कार्यक्रमहरुलाई कस्ता योजनाहरु मार्फत ति योजनाहरुलाई  कसरी  लक्ष्यसँग बाँडेर कामको  तार्गेटहरु यती  प्रतिशत, यती  समयमा,  यती  अवधिमा,  यो  ठाउँमा यो  काम कसरी  गर्ने  भनेर  ठिक ढंगले प्रस्तुंत हुनुपर्छ ।’

प्रकाशित मिति : २०८१, २० श्रावण आईतबार  ८ : ११ बजे

अमेरिकाको पेन्सिलभेनियामा गोलीकाण्ड: तीन प्रहरीको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यमा बुधबार भएको एक भीषण गोलीकाण्डमा

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

काठमाडौं । काठमाडौंको बनस्थलीमा बिहीबार बिहान सवारी दुर्घटनामा परेर एक

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

काठमाडौं । नेपालप्रहरीमा ४८ जनावरिष्ठप्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ।

साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा