२०८३, १२ भाद्र शनिबार

कक्षा १२ को नतिजामा सिद्धवावा म्यानेजमेण्ट बन्यो सिन्धुलीमैं प्रथम !

कक्षा १२ को नतिजामा सिद्धवावा म्यानेजमेण्ट बन्यो सिन्धुलीमैं प्रथम !


सिन्धुलीः सिन्धुलीको सिद्धवावा प्लस टू म्यानेजमेण्टले कक्षा १२ को नतिजामा सिन्धुली जिल्लामैं प्रथम बन्न सफल भएको छ ।
गुरुकुल कलेजको भगिनी संस्था सिद्धबाबा म्यानेजमेण्टले शनिवार गरेको पत्रकार भेटघाटमा आफ्नो कलेजले कक्षा १२ को हिजो प्रकाशित नतिजामा शत प्रतिशत नतिजा प्राप्त गरेको र त्यो नतिजा सिन्धुली जिल्लाकै पहिलो बनेको बताएको छ ।
हिजो प्रकाशित कक्षा १२ को नतिजाले हामीलाई सिन्धुलीमा म्यानेजमेण्ट क्षेत्रमा पठन पाठन सञ्चालन गर्न हौसला मिलेको छ, यसका लागि जिल्लाका प्रथम हुने विद्यार्थी, कलेज व्यवस्थापन पक्ष र शिक्षक साथीहरुलाई धन्यवाद दिन चाहाछु, कलेजका कोअर्डिनेटर राहल सिंहले शनिवार बिहान खबरघरसँगको कुराकानीमा भन्नुभयो ।
हामीले म्यानेजमेण्ट अध्ययन गर्न काठमाडौ लगायत देशका बिभिन्न स्थानमा जाने सिन्धुलीका विद्यार्थीहरुलाई आफ्नै ठाउँमा गुणस्तरिय र प्रबिधिमैत्री शिक्षा दिने उदेश्यले कलेज सञ्चालन गरेको बताउँदै उहाँले कक्षा १२ को नतिजाले हामीलाई अझ परिस्कृत र राम्रो शिक्षा प्रदान गरेर अगाडि बढ्न हौसला मिलेको बताउनुभयो ।
कजेल व्यवस्थापन समितिका अध्यक्ष खड्गवहादुर खत्रीले आफ्नो कलेजले नेपाल सरकार र स्थानीय सरकारले तोकेका सबै कानूनी प्रक्रिया पुरा गरेर कहीं कतै प्रश्न नउठ्नेगरी काम खगाडि बढाएको बताउनुभयो ।
हामीले गरिव तथा बिपन्न परिवारका छोराछोरीलाई निःशुल्क अध्ययन गराएका छौं, जुन कुरा राज्ले गर्नु पर्छ भनेको छ, हामी शिक्षा सम्बन्धी सबै ऐन कानूनलाई पूर्ण रुपमा पालनगर्दै आएको बताउँदै शिक्षा हुने खानेका लागि मात्रै होइन, हुँदा खानेका लागि पनि काम लाग्नु पर्छ, त्यही कारणले हामीले गरिव तथा बिपन्न परिवारका छोराछोरीलाई पूर्ण रुपमा निःशुल्क पढाएका छौं, खत्रीले संवाददाताहरुको प्रश्नको उत्तर दिने क्रममा भन्नुभयो ।

प्रकाशित मिति : २०८१, १९ श्रावण शनिबार  १ : २६ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका