काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट आफू प्रभावित भएको बताएका छन् । बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सबै योद्दाहरुलाई सम्झिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको विचारबाट म प्रभावित हुँ, २०२६ सालमा उहाँले सञ्चालन गर्नुभएको पार्टीको सदस्य, र अहिले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष भएको नाताले सबैलाई धन्यवाद दिन चाहन्छु । ’
साथै पर्यटनमन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले ठुलो खुसी दिएको बताए । उनले गरिब जनताको लागि हासो ल्याउने संघर्ष नै उनको रहेको बताए ।
उनले भने, ‘मुलुकलाई एउटा समृद्धि र विकास बनाउनको लागि पुष्पलालहरुले गरेको संर्घषको वर्णन गर्नै सकिन्न । उहाँहरुले देखाएको बाटो गरिब जनताको नाममा लिएको हासो र खुसी सम्झन लायक छ । ’
प्रतिक्रिया