२०८३, १८ भाद्र शुक्रबार

पेरिस ओलम्पिक : प्रिन्स समूह चरणको सबै खेलमा पराजित

पेरिस । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आफ्नो समूह चरणको सबै खेलमा पराजित भएका छन् । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी थिए । तीनै खेलमा प्रिन्सले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे ।

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा बुधबार समूह चणको अन्तिम खेलमा ५८ औं विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानले प्रिन्सलाई २१–१२ र २१–१० को सोझो सेटमा पराजित गरे । प्रिन्सले जम्मा ३६ मिनेट कोर्टमा बिताए । पहिलो सेटमा १६ मिनेट टिकेका प्रिन्स दोश्रोमा २० मिनेट टिकेका थिए ।

तीन खेलमा प्रिन्सले दोहोरो अंकमा स्कोर गरेको पहिलो पटक हो । उनले मिसाको सर्भिसमा पहिलो सेटमा ९ र दोश्रो सेटमा ७ अंक बटुलेका थिए । आफ्नो सर्भिमा भने प्रिन्सले पहिलो र दोश्रो सेटमा समान ३–३ स्कोर गरे ।

प्रिन्स पहिलो खेलमा विश्व नम्बर २ डेनमार्कका भिक्टर एक्सेल्सेनसंग २१–८ र २१–६ तथा दोश्रोमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसंग २१–७ र २१–५ को सोझो पराजित भएका थिए ।

गृष्माकालीन ओलम्पिकमा प्रिन्स ३ खेल खेल्दै एकै संस्करणमा बढी खेल खेल्ने नेपाली खेलाडी बनेका छन् । सबै भन्दा बढी खेल खेल्ने नेपाली खेलाडीमा पूर्व धावक बैकुण्ठ मानन्धर हुन् । उनले १९७२ देखि १९८४ को अवधिमा भएको चार ओलम्पिकमा लगातार सहभागिता जनाएका थिए ।

नेपालले ओलम्पिकको ब्याडमिन्टनमा पहिलो पटक सहभागिता जनाएको हो । सन् १९६४ को टोकियो ओलम्पिक (१८ औं संस्करण) देखि भाग लिन सुरु गरेको नेपालले पेरिस ओलम्पिक– २०२४ सम्म आइपुग्दा एक संस्करण बाहेक सबैमा निरन्तर सहभागी छ । १९ औं संस्करणमा नेपाल सहभागी भएन ।

पेरिस ओलम्पिकको तयारीका लागि २० वर्षीय प्रिन्सले करिब ४० दिन श्रीलंकामा प्रशिक्षण गरेका थिए । बुधबारको खेलमा पूर्व राष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठ तथा त्यसअघिका २ खेलमा अल्साल्भाडरका मार्टिनेज नवररेट्टे जोस पेड्रोले प्रिन्सको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

खेलपछि पूर्व जुनियर नम्बर वान प्रिन्सले प्रतियोगिताबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउदै समग्रमा ओलम्पिक अनुभव राम्रो भएको बताए । उनले धेरै भन्दा धेरै प्रतियोगितासंगै निरन्तर प्रशिक्षणको अवसर पाउने हो भने आगामी ओलम्पिकका केहि गर्न सकिने बताउदै ओलम्पिकमा सहभागी हुने अवसर मिलाइ दिने सबैलाई धन्यवाद दिए ।

प्रिन्ससंगै जारी ओलम्पिकमा ६ खेलाडीको चुनौती समाप्त भएको छ । यसअघि टेबलटेनिसका श्यान्टु श्रेष्ठ, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, जुडोकी मनीता श्रेष्ठ प्रधान तथा सुटिङकी सुस्मिता नेपाल पेरिस ओलम्पिकबाट बाहिरिसकेका छन् । पेरिस ओलम्पिकमा नेपालबाट ६ खेलमा ७ खेलाडी सहभागी छन् । ओलम्पिकको अन्तिम दिन अगष्ट ११ तारिखमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले महिला म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्ने छिन् । सन्तोषी पेरिस आइपुग्ने अन्तिम नेपाली खेलाडी हुन् । सन्तोषी मंगलबार पेरिस आइपुगकी हुन् ।

पेरिस ओलम्पिक ः प्रिन्स समूह चरणको सबै खेलमा पराजित

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  १२ : ०४ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण