२०८२, १४ माघ बुधबार

रामेछापमा बाढीले सयौँ रोपनी धानखेत बगायो

रामेछापमा बाढीले सयौँ रोपनी धानखेत बगायो


रामेछाप । रामेछापका विभिन्न खोलामा आएको बाढीले सयौँ रोपनी धान खेतमा क्षति पुर्याएको छ ।
मन्थली नगरपालिका–१ को रणजोर खोला, मन्थली–२ को कठजोर खोला लगायतमा आएको बाढीले किसानले धान लगाएको खेत बगाएर क्षति पुर्याएको छ । कठजोर खोलाले किनारका सयौँ रोपनी धान लगाएको खेत कटान र पुरेर क्षति पुर्याएको वडाध्यक्ष सुरेन्द्र कार्र्कीले जानकारी दिए ।

खोलाले एकै व्यक्तिको १० रोपनीसम्म खेतमा क्षति पुर्याएको उनले जानकारी दिए । खोलाको बाढीले एक जनाको घर र एकजनाको मतान सहितको खेत बगाएको उनले बताए । खोलामा बाढी आउने क्रम जारी रहेकोले अझै थप क्षति हुने जोखिम रहेको उनले जानकारी दिए ।

यसैगरी जिल्ला सदरमुकाम मन्थली भएर बग्ने रणजोर खोलाले पनि किसानले धान लगाएको खेत कटान गर्नुका साथै पुरेर क्षति पुर्याएको छ । खोलामा आएको बाढीले कुलाहरू समेत बगाएको कारण बाँकी खेतमा रोपाइँ गर्न र पानी लगाउन समस्या परेको स्थानीय किसान तीर्थ सुवेदीले जानकारी दिए ।

गएराति पनि रातभरि पानी परेकाले जिल्लाका अन्य स्थानमा पनि क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  ११ : ३३ बजे

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,