२०८२, २ पुस बुधबार

रामेछापमा बाढीले सयौँ रोपनी धानखेत बगायो

रामेछापमा बाढीले सयौँ रोपनी धानखेत बगायो


रामेछाप । रामेछापका विभिन्न खोलामा आएको बाढीले सयौँ रोपनी धान खेतमा क्षति पुर्याएको छ ।
मन्थली नगरपालिका–१ को रणजोर खोला, मन्थली–२ को कठजोर खोला लगायतमा आएको बाढीले किसानले धान लगाएको खेत बगाएर क्षति पुर्याएको छ । कठजोर खोलाले किनारका सयौँ रोपनी धान लगाएको खेत कटान र पुरेर क्षति पुर्याएको वडाध्यक्ष सुरेन्द्र कार्र्कीले जानकारी दिए ।

खोलाले एकै व्यक्तिको १० रोपनीसम्म खेतमा क्षति पुर्याएको उनले जानकारी दिए । खोलाको बाढीले एक जनाको घर र एकजनाको मतान सहितको खेत बगाएको उनले बताए । खोलामा बाढी आउने क्रम जारी रहेकोले अझै थप क्षति हुने जोखिम रहेको उनले जानकारी दिए ।

यसैगरी जिल्ला सदरमुकाम मन्थली भएर बग्ने रणजोर खोलाले पनि किसानले धान लगाएको खेत कटान गर्नुका साथै पुरेर क्षति पुर्याएको छ । खोलामा आएको बाढीले कुलाहरू समेत बगाएको कारण बाँकी खेतमा रोपाइँ गर्न र पानी लगाउन समस्या परेको स्थानीय किसान तीर्थ सुवेदीले जानकारी दिए ।

गएराति पनि रातभरि पानी परेकाले जिल्लाका अन्य स्थानमा पनि क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  ११ : ३३ बजे

ओली प्यानलमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई