२०८३, ११ भाद्र शुक्रबार

सुधारगृहका बालबालिकाहरुको आधारभूत अधिकारको रक्षा गर्ने गृहमन्त्रीको प्रतिबद्धता

सुधारगृहका बालबालिकाहरुको आधारभूत अधिकारको रक्षा गर्ने गृहमन्त्रीको प्रतिबद्धता


काठमाडौं । गृहमन्त्री रमेश लेखकले बालसुधार गृहमा रहेका बालबालिकाहरुको आधारभूत मौलिक हक, अधिकार र मानव अधिकारको हनन हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफलमा उनले सिमित श्रोत र साधनको बीचमा अन्य काम छोडेर भएपनि बालबालिकाहरुको आधारभूत अधिकार परिपूर्ती गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ‘सिमित श्रोत र साधनको बीच हामीले काम गर्नुपर्ने हुँदा चाहे जति काम हुन सकेको छैन् । तर म के प्रतिवद्धता जनाउन चाहन्छु भने बालसुधारगृहमा कसैका बालबालिकाहरुको आधारभूत मौलिक हक, अधिकार र मानव अधिकारको संरक्षण गरिने छ । स्वास्थ्यको ख्याल र सुरक्षा पनि गरिने छ ।’

उनले कसैलाई जोगाउनका निम्त प्रहरी संगठन र प्रशासनको दुरुपयोग हुन नहिने पनि प्रतिबद्धता जनाएका छन् ।

उनले भने, ‘यहाँ अघि कतिपय सांसदहरुले पनि चिन्ता व्यक्त गर्नुभएको छ । प्रहरी व्यक्तिगत स्वार्थमा प्रयोग हुने हो कि भनेर म प्रतिवद्धता जनाउँछु कसैलाई जोगाउन वा नजोगाउन प्रहरी संगठन र प्रशासनको दुरुपयोग हुन दिने छैन ।’

यस्तै, उनले प्रहरीको सरुवालाई सरुवाकै रुपमा मात्र बुझ्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८१, १६ श्रावण बुधबार  ७ : ०१ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री