२०८२, २९ मंसिर सोमबार

मन्त्रिपरिषद् निर्णय : १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिश

मन्त्रिपरिषद् निर्णय : १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिश


काठमाडौं । सरकारले पाँच देशका राजदूत फिर्ता र १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्काका राजदूतहरूलाई भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए । 

उनले भने, ‘मित्र राष्ट्रहरू चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी मिति २०८१ भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको छ ।’

उनका अनुसार सरकारले भारत, अष्ट्रेलिया, साउदी अरेविया, दक्षिण अफ्रिका, इजरायल, श्रीलङ्का, स्पेन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, दक्षिण कोरिया, रुसी महासङ्घ, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल र पाकिस्तानमा नेपाली राजदुत नियुक्तिको लागि सिफारिस गरेको हो ।

साथै, बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका कार्यालय÷कार्यक्रमहरूको लागि आवश्यक राजपत्राङ्गित तृतीय श्रेणी वा सो सरहका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८१, १६ श्रावण बुधबार  ६ : ३९ बजे

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई

एमाले महाधिवेशन : बन्दसत्र सुरु, अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको