२०८१, ३ माघ बिहीबार

प्रचण्डले खोसेका थिए : ओलीले खोजीखोजी फर्काएका किरणको जागिर

प्रचण्डले खोसेका थिए : ओलीले खोजीखोजी फर्काएका किरणको जागिर


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा रहेर काम गर्नका लागी खोटाङ काउले घर भएका गणेश राईलाई बालुवाटार बोलाएपछि सामाजिक सञ्जालमा निकै चर्चा भयो ।

शारिरिक रुपमा अशक्त गणेशको फरक क्षमतालाई सम्मान गरिएको भन्दै सामजिक सञ्जालमा घेरैले शुभकामना दिए । प्रधानमन्त्री ओलीको कामलाई सवैले सम्मान पनि गरे । आफ्नो दुवै हातको कुहिनो भन्दा तलको भाग नभए पनि किरणले असाधरण तरिकाले कम्प्युटर चलाएको देख्नुभएका ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा कम्प्युटर अपरेटरका रूपमा नियूक्त गर्नुभएको थियो । बीचमा अपमामजनक ढंगले कामबाट हटाइएका किरण फेरि काममा फर्किनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमा गणेशको तस्विर राख्दै लेख्नुभएको छ, ‘यसपटक प्रधानमन्त्री पदको सपथग्रहण गरेर सिंहदरबार जाँदा उनी नभेटिएपछि मैले उनलाई खोजें। अहिले उनलाई बोलाएर सचिवालयकै सदस्यका रूपमा काम गर्ने जिम्मेवारी दिइएको छ ।’ किरण काममा फर्किए संगै फरक शारिरिक रुपमा अशक्त भएको मान्छे लाई जागिर दिएर ओलीले देशमा सरकार हुनुको आभाष दिलाएको टिप्पणी भईरहेको छ।

ट्विटरमा अनुजा थापा लेख्निुहुन्छ, ‘देशको प्रधानमन्त्रीको नजर दुइ ओटा हात नभएको युवाकोमा पुग्यो, सरकार बदलिएको बेला धेरैको जागिर खोसिन्छ, तर यस्ता अशक्तको जागिर खोस्नु महापाप हो ।’ त्यसैगरी फेसबुकमा अमृता राई लेख्नुहुन्छ, ‘केपी ओलीको सबै कुरा मलाई मन पर्दैन तर यो अशक्त भाईलाई नोकरीमा फर्काएको कुराले धेरै खुशी लाग्यो । माओवादीको लागि हातखुट्टा नभएको मान्छे त सारै एलर्जी नै हुने रहेछ ।’ उहाँले थप प्रश्न गर्नुभएको छ, ‘आफूले युद्दमा पठाएर बनाएको घाईते अपांगलाई त हेरेनन्– हेरेनन्, अरु लाई पनि देखि सहेनन ।’

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएपछि केही दिन किरणले प्रधानमन्त्री कार्यलयको नै काम गर्नुभएको थियो । तर प्रचण्डका स्वकीय सचिवका रुपमा रमेश मल्ल नियुक्त भएसंगै किरणलाई काम बाट निकालिएको थियो । स्रोतका अनुसार मल्लले अपमानजनक ढंगको शब्दहरु प्रयोग गर्दै ‘यस्ता शारिरिक रुपमा अशक्त मान्छेहरु लाई काममा लगाएर हुँदैन, हामीलाई त स्पिडमा काम गर्ने मान्छे चाहिएको छ’ भन्दै किरण लाई काम छाड्नको लागि दबाब दिएका थिए ।

तत्कालिन प्रधानमन्त्री प्रचण्ड सकरात्मक नै भएपनि रमेशले कुनै हालतमा पनि यो मान्छे लाई लखेट्नु पर्छ भन्दै रिसाउनु भएको थियो । अखिल क्रान्तिकारीका पूर्वअध्यक्षसमेत रहेका मल्लको यस्तो अमानवीय व्यबहार अरु बेला पनि देखाउने गरेको स्रोतले बताएको छ । युद्धको समयामा घाइते अपांग भएका पूर्वलडाकुहरुले आफ्ना दुःख बिसाउन खोज्दा फोन काट्ने, गाली गलौज गर्ने गरेको एकजना सल्यानका सीहं थरका पिडितले बताएका छन ।’

एक पटक घाईतेले उपचार पाएनन, आफ्नो सरकार भएको बेला सहयोग गर्नु पर्यो भनेर फोन गरेको थिए, तर मल्लले तिमीहरु को हौं रु के छ तिमीहरुको यो देशमा योगदान भन्दै गाली गरे,’ उहाँले भन्नुभयो । प्रचण्डको स्विकय सचिव रहेको बेला मल्लले ‘मौका अन्तिम हो’ भन्दै बालुवाटारमा बसेर शक्तिको दुरुपयोग गरेको थिए ।

प्रकाशित मिति : २०८१, १४ श्रावण सोमबार  ८ : ०२ बजे

ट्रेड युनियन खारेज हुँदैन, निजामती सेवा ऐन पारित हुन्छ : मन्त्री गुप्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड

रवि लामिछाने धरौटी बुझाएर रिहा : बुटवल र चितवनमा आफै हाजिर हुने

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

पिएसबीले जनताको सूचनाको हकको प्रत्याभूत गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा लोकतन्त्रको

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले