२०८२, २१ असार शनिबार

भक्तपुरमा टिपरको ठक्करबाट काभ्रेको मण्डनदेउपुरका एक युवकको मृत्यु 

भक्तपुरमा टिपरको ठक्करबाट काभ्रेको मण्डनदेउपुरका एक युवकको मृत्यु 


काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का एक युवकको मृत्यु भएको छ । सो दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुरको कमलविनायक बस्ने २१ वर्षीय सुवास तामाङको मृत्यु भएको हो । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी स्थित सडक खण्डमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनलाई मध्यपुर अस्पताल ठिमी लगिएकोमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । टिपरको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार काभ्रेकै २० वर्षीय सञ्जिव थापामगर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिपर चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ का २८ वर्षीय राजकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २०८१, १३ श्रावण आईतबार  ९ : ५६ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न