२०८२, ३० असार सोमबार

मन्त्रीलाई माला लगाउन गएको थिएँ, आफै मन्त्री भएर आएँ : उद्योग मन्त्री तामाङ

मन्त्रीलाई माला लगाउन गएको थिएँ, आफै मन्त्री भएर आएँ : उद्योग मन्त्री तामाङ


सिन्धुली । बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुक माया तामाङले मन्त्रीलाई माला लगाउन गएको,आफै मन्त्री भएर आएको बताएको बताउनु भएको छ।

नेकपा एमाले सिन्धुलीले जिल्ला पार्टी कार्यालयमा आयोजित बधाई कार्यक्रम लाई सम्बोधन गर्दै, मन्त्री तामाङले आफू मन्त्रीलाई माला लगाउन हेटौँडा गएको थिएँ, तर अहिले आफै मन्त्री भएर जिल्ला फर्किएको बताउनु भएको हो।

सरकार परिवर्तन भएपछि, विश्वासको मत दिन हेटौँडा गएको थिए। नयाँ सरकार गठनको कुरो चलेको थियो। मेरो पनि नाम चर्चामा थियो। तर,मैले मन्त्री हुन्छु भन्ने कल्पना समेत गरेको थिइन।एक्कासि म मन्त्री भएँ। त्यो क्षण म बिर्सन सक्दिन । म जस्तो भुईँ मान्छे पनि मन्त्री बने उहाले अगाडि भन्नुभयो।

“नेपालमा मन्त्री बन्न पैसा,पावर र धेरै चलखेल हुन्छ भन्ने सुनेकी थिएँ।त्यो होइन रहेछ भन्दै उहाले नेकपा एमालेले लगाव योगदान र इतिहासको उचित मूल्याङ्कन गर्ने विश्वास दिलाउनु भयो । साथै उहाले नेता तथा कार्यकर्तालाई अवसर पाइएन भनेर विचलित र निराश नहुन समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०८१, १२ श्रावण शनिबार  ६ : १२ बजे

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बित, योग्यता छानबिनका लागि समिति गठन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बनमा

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका

ओली नेतृत्वको सरकारको एक वर्ष: प्रधानमन्त्रीद्वारा नतिजामुखी अभ्यासको सुरुवात भएको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा गठन भएको

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे

स्पेन भ्रमण प्रकरणमा गृहमन्त्रीको निर्देशन : प्रतिनिधिमण्डलबाहेकको सहभागीमाथि छानबिन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल