२०८२, १८ असार बुधबार

नेपालमा केही काम भएको छैन भन्ने भाष्य निर्माण गर्नु हुन्न : उपमहासचिव ज्ञवाली

नेपालमा केही काम भएको छैन भन्ने भाष्य निर्माण गर्नु हुन्न : उपमहासचिव ज्ञवाली


काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताउनुभएको छ ।

शनिबार नेकपा एमाले केन्द्रीय कार्यालयमा नेत्रप्रसाद गौतमद्वारा लिखित नेत्रका तीन खण्डकाव्य र भूत पिसाचका कथा सङ्ग्रह लोकार्पण कार्यक्रममा बोल्दै ज्ञवालीले देशमा केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न एउटा पङ्ती लागेको बताउनुभयो । सोचे जति हुन नसकेको भए पनि देश धेरै अगाडि बढेको उहाँको धारणा छ । ‘एउटा पङ्ती छ नेपालमा जसले केही पनि भएन भन्छ’, उहाँले भन्नुभयो ।

गौतमले लेखेको पुस्तक एक पटक पढ्ने हो भने हिजो हामी कहाँ थियौँ र आज कहाँ आइपुग्यौँ भन्ने कुरा सहजै बुझ्न सकिने बताउनुभयो । पुस्तकले नेपाल अघि बढेको यात्रा देखाउने उहाँले बताउनुभयो । सही ढङ्गले व्यवस्थापन हुन सकेको भए धेरै अगाडि पुग्न सकिने भए पनि केही भएकै छैन भन्ने कुरा भने गलत भएको उहाँको धारणा छ । केही पनि भएन भन्ने कुरालाई भने एउटै पुस्ताले हिजो र आजलाई हेर्दा थाहा हुने ज्ञवालीको भनाइ छ ।

मानिसलाई धेरै कुराले विचलित बनाउने बताउँदै उहाँले निष्ठा जोगाउनु सामान्य कुरा नभएको बताउनुभयो । आशा, त्रास, लोभ, प्रलोभनका बिचमा निष्ठा जोगाउने कुरा चानचुने नभएको ज्ञवालीले धारणा राख्नुभयो ।

प्रकाशित मिति : २०८१, १२ श्रावण शनिबार  ६ : ०९ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर