२०८२, १८ मंसिर बिहीबार

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा चुडामणि कार्की निर्वाचित

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा चुडामणि कार्की निर्वाचित


कतार । नेकपा एमाले निकट संगठन प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा चुडामणि कार्की निर्वाचित हुनुभएको छ । जुलाई १९ तारिक उदघाटन भई शुक्रवार जुलाई २६ सम्पन्न सातौं अधिवेशनले कार्कीको नेतृत्वमा ३० सदस्यीय राष्ट्रिय कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

निर्वाचित कमिटीमा चार उपाध्यक्ष र चार उपसचिव कायम गरिएको छ । अधिवेशनबाट उपाध्यक्षमा अफ्सर अलि खान, बिनेश तामाङ, टिका कार्की र भीम तरामु मगरलाई चयन गरेको छ । यस्तै सचिवमा शेषराज तिमिल्सिना, उपसचिवमा खेमराज सुबेदी, मेनुका खतिवडा भण्डारी, शोभाकर भुसाल र जमिर नदाफलाई निर्वाचित गरेको छ ।

यसैगरी सदस्यहरुमा श्रीधर आचार्य, शिवकुमार भुजेल, नवराज शाही, गोपाल बस्नेत, गोपाल खतिवडा, हेमराज रिमाल (दिपक), निरन नेपाल, किरण परियार, टंकबहादुर बिक, कमलेश महतो, मो। असलम साफी, रबिन खत्री, सुदर्शन भण्डारी, रेशम तामाङ, श्याम पाण्डे, मानसिंह विक, भेषबहादर गुरुङ, भीमबहादुर बिश्वकर्मा, उषा रिमाल नेपाल र कृष्णकुमार बस्नेत निर्वाचित हुनुभएको छ ।

अधिवेशनमा कुल ३ सय २१ जना प्रतिनिधि रहेका थिए । यसैबीच नवनिर्वाचित कमिटीलाई प्रवासी नेपाली मञ्च अन्त्राष्ट्रिय कमिटीका उपसचिव एवं प्रचार बिाग प्रमुख चानक पोखरेल र मध्यपूर्व इञ्चार्ज कमलमणि गुरागाईले बधाईसहित उत्कृष्ट काम गरेर देखाउने चुनौतीलाई पूरा गर्न निर्देशन दिनुभएको छ । नवनिर्वाचित कमिटीका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई शपथ गराउने क्रममा उपसचिव पोखरेल र इञ्चार्ज गुरागाईले यस्तो निर्देशन दिनुभएको हो ।

अधिवेशनको उदघाटन जुलाई १९ तारिक नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्पउपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले गर्नुभएको थियो । पोखरेलको प्रमुख आतिथ्यतामा भएको उदघाटन समारोहमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, उपसचिव चानक पोखरेल, एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य उमाशंकर अगरिया, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा मध्यपूर्व इञ्चार्च कमलमणि गुराँगाई, मध्यपूर्व संयोजक प्रकाश कोइरालालगायतका नेताहरुले मन्तब्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २०८१, १२ श्रावण शनिबार  ८ : १२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको