२०८३, १६ श्रावण आईतबार

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा चुडामणि कार्की निर्वाचित

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा चुडामणि कार्की निर्वाचित


कतार । नेकपा एमाले निकट संगठन प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा चुडामणि कार्की निर्वाचित हुनुभएको छ । जुलाई १९ तारिक उदघाटन भई शुक्रवार जुलाई २६ सम्पन्न सातौं अधिवेशनले कार्कीको नेतृत्वमा ३० सदस्यीय राष्ट्रिय कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

निर्वाचित कमिटीमा चार उपाध्यक्ष र चार उपसचिव कायम गरिएको छ । अधिवेशनबाट उपाध्यक्षमा अफ्सर अलि खान, बिनेश तामाङ, टिका कार्की र भीम तरामु मगरलाई चयन गरेको छ । यस्तै सचिवमा शेषराज तिमिल्सिना, उपसचिवमा खेमराज सुबेदी, मेनुका खतिवडा भण्डारी, शोभाकर भुसाल र जमिर नदाफलाई निर्वाचित गरेको छ ।

यसैगरी सदस्यहरुमा श्रीधर आचार्य, शिवकुमार भुजेल, नवराज शाही, गोपाल बस्नेत, गोपाल खतिवडा, हेमराज रिमाल (दिपक), निरन नेपाल, किरण परियार, टंकबहादुर बिक, कमलेश महतो, मो। असलम साफी, रबिन खत्री, सुदर्शन भण्डारी, रेशम तामाङ, श्याम पाण्डे, मानसिंह विक, भेषबहादर गुरुङ, भीमबहादुर बिश्वकर्मा, उषा रिमाल नेपाल र कृष्णकुमार बस्नेत निर्वाचित हुनुभएको छ ।

अधिवेशनमा कुल ३ सय २१ जना प्रतिनिधि रहेका थिए । यसैबीच नवनिर्वाचित कमिटीलाई प्रवासी नेपाली मञ्च अन्त्राष्ट्रिय कमिटीका उपसचिव एवं प्रचार बिाग प्रमुख चानक पोखरेल र मध्यपूर्व इञ्चार्ज कमलमणि गुरागाईले बधाईसहित उत्कृष्ट काम गरेर देखाउने चुनौतीलाई पूरा गर्न निर्देशन दिनुभएको छ । नवनिर्वाचित कमिटीका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई शपथ गराउने क्रममा उपसचिव पोखरेल र इञ्चार्ज गुरागाईले यस्तो निर्देशन दिनुभएको हो ।

अधिवेशनको उदघाटन जुलाई १९ तारिक नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्पउपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले गर्नुभएको थियो । पोखरेलको प्रमुख आतिथ्यतामा भएको उदघाटन समारोहमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, उपसचिव चानक पोखरेल, एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य उमाशंकर अगरिया, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा मध्यपूर्व इञ्चार्च कमलमणि गुराँगाई, मध्यपूर्व संयोजक प्रकाश कोइरालालगायतका नेताहरुले मन्तब्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २०८१, १२ श्रावण शनिबार  ८ : १२ बजे

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई

हतियारधारी भारतीय फौज सुस्ता प्रवेश, बाँध भत्काउँदा प्रतिकारमा ३ नेपाली घाइते

नवलपरासी। भारततर्फबाट आएका हतियारधारी सुरक्षाकर्मीले नेपाल–भारत सीमास्थित सुस्ता क्षेत्रमा प्रवेश

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली