२०८३, १४ असार सोमबार

एमाले बागमतीले प्रचारको कामलाई व्यवस्थित गर्ने

एमाले बागमतीले प्रचारको कामलाई व्यवस्थित गर्ने


काठमाडौं: नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागको प्रथम बैठक शुक्रबार ललितपुरमा सम्पन्न भएको छ । 

प्रदेश कमिटी उपसचिव तथा प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रचार संयोजक सुवास देवकोटाको प्रमुख आतिथ्यतामा भएको बैठकले प्रदेशको प्रचार प्रसारको कामलाई व्यवस्थित रूपले अघि बढाउने निर्णय गरेको छ । 

बैठकले प्रदेश प्रचार विभागका सदस्यहरूको कार्य विभाजन गर्नुको साथै प्रदेश प्रचार डेक्स स्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टी प्रदेश र जिल्लाका सूचना तथा गतिविधि समेत समावेश गर्ने गरी प्रदेश कमिटीको छुट्टै वेबसाइट निर्माण गर्ने निर्णय समेत बैठकले गरेको प्रदेश प्रचार तथा प्रकाशन विभागका सचिव प्रेम दाहालले जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले प्रचार पार्टीको मेरुदण्ड भएको बताउनुभयो । संगठनको आधार नै प्रचारको कामले निर्माण गर्नुभएकोले पार्टी निर्माणमा प्रचार पहिलो काम भएको उहाँको धारणा छ । 

सबै सञ्चारमाध्यमसँग सहकार्य, समन्वय र परिचालन गरी पार्टीका अभियान जनतासम्म पुर्‍याउनु पर्नेमा देवकोटाले जोड दिनुभयो । पार्टीका सबै कार्यकर्तालाई प्रचारका योद्धा बनाउनु पर्ने उहाँको भनाइ छ । 

देवकोटाले प्रचारको विषय संवेदनशील विषय भएकोले यो आफैँमा गम्भीर चुनौतीको काम भएको पनि बताउनुभयो । उहाँले सकारात्मक प्रचारले पार्टी प्रति सकारात्मक धारणा बन्ने र कसैले नकारात्मक प्रचार गरिदिँदा त्यसको सन्देश पनि नकारात्मक जाने कुरा बिर्सन नहुने धारणा राख्नुभयो । 

कार्यक्रमकी अध्यक्ष लामाले प्रचारको माध्यमबाट कसरी पार्टीलाई बलियो बनाउन सकिन्छ भन्ने विषयमा प्रदेश प्रचार तथा प्रकाशन विभागको ध्यान केन्द्रित रहेको बताउनुभयो । एमालेले गरेको राम्रो कामको मात्रै सही प्रचार हुन सकेको भए पनि अहिले देश यति धेरै निराशाको अवस्था जाने स्थिति नआउने उहाँको धारणा छ । 

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले पार्टीको प्रचार विभाग र प्रेस चौतारीको प्रचार अभियानलाई जोडेर लैजानु पर्ने बताउनुभयो । उहाँले प्रेस चौतारी आबद्ध पत्रकारको क्षमता विकासको विषयमा पनि पार्टी प्रचार विभागको ध्यान जानु पर्नेमा जोड दिनुभयो । 

प्रकाशित मिति : २०८१, ११ श्रावण शुक्रबार  ९ : ०० बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण