२०८३, २२ आश्विन शुक्रबार

किताब पढाैँ : प्रधानमन्त्री केपी शर्मा ओली

किताब पढाैँ : प्रधानमन्त्री केपी शर्मा ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई किताब पढ्ने बानी बसाल्न अनुरोध गर्नुभएको छ ।
मदन पुरस्कार गुठीले सार्वजनिक गरेको २०८० का श्रेष्ठ सूचिका पाँच पुस्तक प्रति प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीले आफ्ना धेरै बानी परिवर्तन भए पनि युवादेखिको पढ्ने बानी भने परिवर्तन नभएको उल्लेख गर्नुभएको छ ।
उहाँले मदन पुरस्कार गुठीको श्रेष्ठ सूचीमा परेका सबै पुस्तकका लेखकलाई बधाई पनि दिनुभएको छ । ‘युवाकालदेखि अहिलेसम्म मेरा धेरै बानीमा परिवर्तन आएका छन्, तर पुस्तक पढ्ने बानी भने अहिले पनि यथावत् छ, थोरै समय पाउँदा पनि पुस्तक पढ्छु, भर्खरै मदन पुरस्कार गुठीले २०८० सालको श्रेष्ठ सूची सार्वजनिक गरेको छ, यस मध्ये मुकाम रणमैदान मैले पढेको छु, अरू पढ्न बाँकी छ, श्रेष्ठ सूचीमा परेका सबै पुस्तकका लेखकहरूलाई बधाई, पुस्तक पढ्ने बानी बसालौँ’, प्रधानमन्त्रीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
यस वर्ष मदन पुरस्कार गुठीले पाँच श्रेष्ठ पुस्तकको सूचीमा भक्त स्याङतानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा नीरवकको सन्त्रासका साठी दिन परेका छन् ।

प्रकाशित मिति : २०८१, ८ श्रावण मंगलबार  ११ : ०९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य