२०८२, ३० फाल्गुन आईतबार

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस देशभर मनाइँदै

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस देशभर मनाइँदै


काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले विषेश कार्यक्रमको आयोजना गरिरहेको छ । एमाले बागमती प्रदेश कमिटी सचिव नवराज सिलवालका अनुसार एमालेले देशैभर पालिका केन्द्रीत भएर पुष्पलालको ४६ औं स्मृति दिवश मनाउँदैछ ।
एमाले सिन्धुलीले पुष्पलालको योगदानवारे अन्र्तक्रिया कार्यक्रम गर्दैछ भने कमलामाई नगरपालिका कमिटीले ऐतिहासिक कमलामाई मन्दिर परिसरमा बृक्ष रोपण कार्यक्रमको आयोजना गरेको अध्यक्ष सुन्दर घिसिङले बताए ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी पुष्पलालको योगदानको स्मरण गर्दैछन् । पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर–४ चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धाञ्जली सभा, गोष्ठीलगायत कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा तत्कालीन निरंकुश जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००६ मा कोलकातामा कम्युनिष्ट पार्टीको स्थापना तथा मुलुकको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले गरेको योगदान, त्याग र निष्ठाको आदर्शलाई समेटेर तयार गरिएको उनको जीवनीमा आधारित श्रव्य दृश्य सामग्री प्रस्तुत गरिने प्रतिष्ठानले जनाएको छ ।
यस्तै, विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि कम्युनिष्ट पार्टीले गरेको सङ्घर्ष तथा विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा पार्टीले निर्वाह गरेको भूमिकाबारे जानकारी गराइने जनाइएको छ ।
शान्तिपूर्ण आन्दोलनका साथै सशस्त्र संघर्ष, कम्युनिष्ट पार्टीमा आएका विभाजन, कम्युनिष्ट एकताका प्रयास, कम्युनिष्ट नेतृत्वको सरकारले गरेका काम र जनमुखी कार्यक्रमबारे कार्यपत्रमा समेटिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।
जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ मा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।
विसं २०२५ मा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा पुष्पलाललाई मानिन्छ । नेकपा एमाले नेतृत्वको सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कारसमेत स्थापना गरेको छ । उनकै नाममा पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ । केही समय अगाडि एमालेले सोही क्षेत्रमा पूर्व पश्चिम अभियानसमेत चलाएको थियो ।

प्रकाशित मिति : २०८१, ७ श्रावण सोमबार  ९ : ४८ बजे

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

समानुपातिक सांसद छान्न कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

इरान सम्झौता र मोजतबा खामेनीबारे ट्रम्पको टिप्पणी

काठमाडौँ । अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पलेले इरानसँग सम्भावित सम्झौता अहिलेको

आजदेखि बैंकहरूमा नयाँ ब्याजदर लागू, कुनले कति दिन्छन् ब्याज ?

काठमाडौँ । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली