२०८२, १ आश्विन बुधबार

मन्त्री पृथ्वीसुब्बा गुरुङ्गसंग अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट

मन्त्री पृथ्वीसुब्बा गुरुङ्गसंग अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट


काठमाडौ : सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गसंग आज नेपालका लागि अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट गर्नु भयो ।

भेटमा राजदुत थम्सनले मन्त्री गुरुङ्गलाई कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्नु भयो । त्यस अवसरमा राजदुत थम्सनले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारकालागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताउनु भयो । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय मुलुककै महत्वपुर्ण मन्त्रालय भएको बताउदै राजदुत थम्सनले नेपालको सम्बृद्दिकालागि सूचना प्रविधि क्षेत्रको विकास आवश्यक भएको बताउनु भयो । राजदुत थम्सनले प्रकृतिक विपत्तिमा प्रविधिको प्रयोग गरी पुर्व जानकारीका साथै खोज तथा उद्दार गर्न सकिने भन्दै अमेरिका नेपालको साईवर सुरक्षा, पर्यटन सूचनालगायको क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनु भयो ।

उहाँले सूचना प्रविधिको क्षेत्रलाई नेपालले विकास गर्न सके युवा जनशक्ति विदेशजान रोकिने र नेपालले प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्ने जानकारी गराउनु भयो । भेटमा मन्त्री गुरुङ्गले वर्तमान सरकारको लक्ष्यनै शान्ती र सम्बृद्दि रहेको जानकारी गराउदै नेपाल सूचना तथा प्रविधिको क्षेत्रमा अमेरिकासंग सहकार्य गर्न तयार रहेको बताउनु भयो । प्राकृतिक विपत्तिबाट नेपाल पिडित भएको जानकारी गराउदै मन्त्री गुरुङ्गले पर्वतारोहणका क्रममा हुने उद्दार तथा खोजमा सञ्‍चार सम्पर्क आवश्यक रहेको बताउनु भयो ।

नेपालले सञ्‍चार क्षेत्रमा ठुलो फड्को मारेको बताउदै मन्त्री गुरुङ्गले यो पर्याप्त नभएको र सञ्‍चार क्षेत्रलाई आय आर्जन र रोजगारीसंग जोड्नु पर्ने बताउनु भयो । युवा शक्ति पलायत मुलुकको चुनौति भएको बताउदै सूचना प्रविधिको विकास र विस्तारले युवा शक्तिलाई मुलुकमै रोक्न सकिने बताउदै त्यसकालागि अमेरिकासंग सहकार्य हुन सक्ने उहाँले बताउनु भयो ।

प्रकाशित मिति : २०८१, ६ श्रावण आईतबार  ६ : ०९ बजे

सरकारद्वारा असोज १ मा सार्वजनिक बिदा, देशभर राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । नेपाल सरकारले जेनजी पुस्ताद्वारा आयोजना गरिएको प्रदर्शनका क्रममा

सेनाका २२ जना सवार ट्रक दुर्घटना, ६ गम्भीरसहित १६ घाइते

हेटौंडा । नेपाली सेनाका २२ जना जवान सवार ट्रक मंगलबार

विश्वकर्मा पूजा आज देशभर मनाइँदै, औद्योगिक क्षेत्रदेखि सवारी साधनसम्म पूजाआजा

काठमाडौं । आज देशभर विश्वकर्मा पूजा धुमधामका साथ मनाइँदैछ। कन्या

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुन अझै सक्रिय

काठमाडौँ । हाल देशभर मनसुन सक्रिय रहँदा अरब सागर तथा