२०८२, २१ फाल्गुन शुक्रबार

मन्त्री पृथ्वीसुब्बा गुरुङ्गसंग अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट

मन्त्री पृथ्वीसुब्बा गुरुङ्गसंग अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट


काठमाडौ : सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गसंग आज नेपालका लागि अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट गर्नु भयो ।

भेटमा राजदुत थम्सनले मन्त्री गुरुङ्गलाई कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्नु भयो । त्यस अवसरमा राजदुत थम्सनले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारकालागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताउनु भयो । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय मुलुककै महत्वपुर्ण मन्त्रालय भएको बताउदै राजदुत थम्सनले नेपालको सम्बृद्दिकालागि सूचना प्रविधि क्षेत्रको विकास आवश्यक भएको बताउनु भयो । राजदुत थम्सनले प्रकृतिक विपत्तिमा प्रविधिको प्रयोग गरी पुर्व जानकारीका साथै खोज तथा उद्दार गर्न सकिने भन्दै अमेरिका नेपालको साईवर सुरक्षा, पर्यटन सूचनालगायको क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनु भयो ।

उहाँले सूचना प्रविधिको क्षेत्रलाई नेपालले विकास गर्न सके युवा जनशक्ति विदेशजान रोकिने र नेपालले प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्ने जानकारी गराउनु भयो । भेटमा मन्त्री गुरुङ्गले वर्तमान सरकारको लक्ष्यनै शान्ती र सम्बृद्दि रहेको जानकारी गराउदै नेपाल सूचना तथा प्रविधिको क्षेत्रमा अमेरिकासंग सहकार्य गर्न तयार रहेको बताउनु भयो । प्राकृतिक विपत्तिबाट नेपाल पिडित भएको जानकारी गराउदै मन्त्री गुरुङ्गले पर्वतारोहणका क्रममा हुने उद्दार तथा खोजमा सञ्‍चार सम्पर्क आवश्यक रहेको बताउनु भयो ।

नेपालले सञ्‍चार क्षेत्रमा ठुलो फड्को मारेको बताउदै मन्त्री गुरुङ्गले यो पर्याप्त नभएको र सञ्‍चार क्षेत्रलाई आय आर्जन र रोजगारीसंग जोड्नु पर्ने बताउनु भयो । युवा शक्ति पलायत मुलुकको चुनौति भएको बताउदै सूचना प्रविधिको विकास र विस्तारले युवा शक्तिलाई मुलुकमै रोक्न सकिने बताउदै त्यसकालागि अमेरिकासंग सहकार्य हुन सक्ने उहाँले बताउनु भयो ।

प्रकाशित मिति : २०८१, ६ श्रावण आईतबार  ६ : ०९ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको